May 26, 2024, Sunday
२०८१ जेष्ठ १३, आईतवार
सल्यानमा झुन्डिएको अबस्थामा २ युवतीको शव फेला

सल्यानमा झुन्डिएको अबस्थामा २ युवतीको शव फेला

फागुन ०१, सल्यान ।

सल्यानमा झुन्डिएको अबस्थामा एकै दिन दुई युवतीको शव फेलाको छ ।

जिल्लाको शारदा नगरपालिका – १ श्रीनगर स्थिति सुकलाल बुढाथोकीको घरमा डेरागरि बस्ने सल्यान शिद्द कुमाख गाउँपालिका – ४ चादे घर भएकी १७ बर्षीय बिन्दु खड्का आफ्नै कोठाको काठको बलामा झुन्डिएको अवस्थामा मंगलबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

त्यस्तै सल्यानको छत्रेश्वरी गाउँपालिका – ३ शिङ्गारीकोट घर भएकी २० बर्षीय मनिषा घर्ती मगर पनि आफ्नै घरको कोठामै झुन्डिएको अबस्थामा मृत फेला परेकी छिन ।

उनी मंगलबार बिहान करिब २ बजे तिर घरको कोठामा मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताउनुभयो ।

मृतक मध्ये खड्का अभिबाहित हुन भने घर्ति बिबाहित हुन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज