May 13, 2026, Wednesday
२०८३ बैशाख ३१, बिहीबार
रोल्पामा १२ दिनकि सुत्केरी महिला १८ इन्च गहिरो पोखरीमा मृत फेला

रोल्पामा १२ दिनकि सुत्केरी महिला १८ इन्च गहिरो पोखरीमा मृत फेला

१० फागुन, रोल्पा । रोल्पा जिल्लाको त्रिबेणि गाउँपालिका वडा न. ६ जुगार रानीमालमा एक १२ दिनकि सुत्केरी महिला मृत अवस्थामा फेला परेकी छिन।

रामसरी खड्का (ओलि) नाम रहेकी उक्त महिला घर देखि ५०० मिटर नजिक रहेको लगभग १८ इन्च गहिरो पोखरीमा मृत अवस्थामा फेला परेकी हुन।

राती खाना खाएर सुतेकी महिला आज बिहान(फागुन १०) गते बिहान ४ बजे तिर लास भेटिए पछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए। खबर लगत्तै प्रहरी चौकी जुगार र इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख जिबराज थापाको नेतृत्वमा आएको प्रहरी टोलिले लासलाइ सनाखत गरि पोस्टमार्टमकोलागि लगेका हुन।

मृतक खड्का ३० कि बर्ष थिइन । उनले १२ दिन अघि एक छोरीलाई जन्म दिएकी थिइन । उनी घरमा सासू ससुरा र श्रीमान सङ्गै बस्दै आएका थिइन।

घटना संकास्पद भएकाले हत्या वा आत्महत्या हो भन्ने बारेमा अहिले नै यकिन भइ नसकेको बताइएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज