May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार
सल्यानमा आत्मह’त्या ट्रेन्ड : पुरुषहरू झुण्डीने, महिलाहरू विष सेवन गर्ने, यस्ता छन – कारणहरु

सल्यानमा आत्मह’त्या ट्रेन्ड : पुरुषहरू झुण्डीने, महिलाहरू विष सेवन गर्ने, यस्ता छन – कारणहरु

चैत ०५, सल्यान । सल्यानमा भएका आत्महत्याका घटनाहरुलाई विश्लेषण गर्दा पुरुषहरुमा झुण्डेर आत्महत्या गर्ने र महिलाहरुमा विष सेवन गर्ने ट्रेन्ड देखिएको छ । जिल्लामा गत बर्षको चैत ११ गतेबाट लकडाउन सुरु भएदेखी यो बर्षको चैत ३ गतेसम्ममा आत्महत्याको प्रयास गरेका १ सय ४६ जना मध्ये ३६ जना पुरुषले झुण्डिएर आत्महत्याको प्रयास गर्दा १७ जना महिलाले झुण्डिएर आत्महत्याको प्रयास गरेका छन भने, ३८ जना पुरुषले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गर्दा ५४ जना महिलाले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका जिल्ला प्रहरी कार्यालय सल्यानले वताएको छ ।

प्रहरीको तथ्यांक अनुसार सल्यानमा आत्महत्या गर्न पुरुषहरू झुण्डीने र महिलाहरू विष सेवन गर्ने ट्रेण्ड देखिएको हो । महिलाहरु पशुपालन र खेतिपातीका काममा लाग्ने र विषादीको पहुचमा सजिलै पुग्ने भएकाले महिलाहरुले विष सेवन गर्ने गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख गोविन्द थापा क्षेत्रीले बताउनु भयो । झुण्डिएर आत्महत्या गर्नेको मृत्युदर सवैभन्दा बढी हुने उहाँले बताउनु भयो । झुण्डिएर आत्महत्या प्रयास गरेका ५३ जना मध्ये ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यान सँग तथ्यांक छ ।

त्यस्तै सल्यानमा एक बर्षको अवधिमा आत्महत्या गरेर ८० जनाको मृत्यु भएको छ । गत बर्षको चैत ११ गतेबाट लकडाउन सुरु भएदेखी यो बर्षको चैत ३ गतेसम्म सल्यानमा आत्महत्याको प्रयास गरेका १ सय ४६ जना मध्ये ८० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

आत्महत्याको प्रयास गरेका ७४ जना पुरुष र ७२ जना महिला मध्ये ४८ जना पुरुष र ३२ जना महिला सहित ८० जनाको मृत्यु भएको हो । मृत्यु हुने मध्ये उमेर समुहको आधारमा १८ बर्ष मुनिका ९ जना, १८ देखि २५ बर्षसम्मका २० जना, २६ देखि ३५ बर्षका १७ जना, ३६ देखि ५० बर्षसम्मका २० जना र ५० बर्ष माथिका १४ जना रहेका छन ।

त्यस्तै स्थानिय तहको आधारमा सोहि अवधिमा आत्महत्या गरेर मृत्यु हुनेमा सवै भन्दा धेरै शारदा नगरपालिकामा १६ जना, बागचौर र बनगाड कुपिण्डे नगरपालिकामा १० \ १० जना, कुमाख गाउँपालिकामा ६ जना, सिद्धकुमाख गाउँपालिकामा ७ जना, कालिमाटी गाउँपालिकामा ९ जना, छत्रेश्वरी गाउँपालिकामा ८ जना, कपुरकोट गाउँपालिकामा ९ जना र दार्मा गाउँपालिकामा २ जनाको मृत्यु भएको छ । त्यस्तै बैबाहित अवस्थाको आधारमा आत्महत्या गरेर मृत्यु हुनेमा ६५ जना विवाहित र १५ जना अविवाहित रहेका छन ।

यस्ता छन आत्महत्याका घटना बढ्नुका कारणहरु :

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आत्महत्याका घटना बढ्नुका कारणहरुमा वालविवाह , बहुविवाह, क्षणिक रिस, आवेग, तनाव, घुर्काई, आत्महत्या अनुकूलको वातावरण, विषादीको पहुँच, एकान्त वास, पटक पटक असफल हुँदा पनि पर्याप्त परामर्श नहुनु, आर्थिक असफलता ( ऋण, बेरोजगारी, आय श्रोतको अभाव, आर्थिक क्षति ) विकल्पहीन भएको आभाष हुनु, अस्थायी समस्यालाई समाधान गर्न नसक्नु, पर्याप्त पारिवारिक सहयोगको कमी, दीर्घ रोग, दुरुत्साहन, मानसिक स्वास्थ्य, मदिरा र लागु औषधको कुलत आदि कारणहरु रहेका छन ।

त्यस्तै सामाजिक कारण ( गोपनियता भंग, बेईज्जती ) असफल प्रेम सम्बन्ध, शैक्षिक असफलता, विवाहित महिलाको आत्महत्याको प्रमुख कारण श्रीमान, घरेलु हिंसा, मादक पदार्थ सेवन, श्रीमान श्रीमतीबीचको भौतिक दूरी, वैदेशिक रोजगार, रकम हिनामिना, विवाहेत्तर सम्बन्ध बारे गोपनियता भंग हुनु, महिला माथि बारम्बार यौन दुर्व्यवहार, पहिले नै पटकपटक आत्महत्याको प्रयास गर्नु, अशान्त घर, तनावपूर्ण सम्बन्ध र इगो जस्ता कारणहरुले पनि आत्महत्याका घटना बढिरहेका हुन ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज