May 7, 2024, Tuesday
२०८१ बैशाख २६, बुधबार
कपुरकोट ४ मा एमालेको पार्टी कार्यालय उद्घाटन संगै टोल कमिटि गठन

कपुरकोट ४ मा एमालेको पार्टी कार्यालय उद्घाटन संगै टोल कमिटि गठन

१८ फागुन, सल्यान । नेकपा एमालेले सल्यानको कपुरकोट गाउँपालिका ४ मा पार्टि कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार एक कार्यत्रक्रमका विच कपुरकोट ४ धनवाङमा एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । सो अवसरमा रातो बुढा अध्यक्ष रहेको २१ सदस्यीय टोल कमिटी समेत गठन गरिएको एमाले कपुरकोट ४ का वडा अध्यक्ष मित्र कठायतले जानकारी दिए ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथी एमाले जिल्ला कमिटिी उपाध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले देश विकास र परिवर्तनका लागि एमाले मात्रै एक मात्र विकल्प भएको बताएका थिए । उनले एमालेमाथी भइरहेको घेराबन्दीलाई अव आउने चुनावबाट जनताले तोडिदिने बताए । कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्यहरु घनश्याम शर्मा, ओम बहादुर बुढा, मधुसुनद गिरी, अरुणा खत्री, पार्टीका कपुरकोट गाउँपालिका अध्यक्ष द्रोण केसी लगाएतले बोलेका थिए ।

पालिका कमिटी सदस्य सुरेन्द्र वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कपुरकोट ४ का वडा सदस्यहरु चित्र बहादुर थापा, सेतु सार्की लगाएतको पनि सहभागिता थियो । सो पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरिएको पनि एमालेले जनाएको छ । वडा कमिटी अध्यक्ष मित्र कठायतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव दिपक पुनले गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज