September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
अब छत्रेश्वरीमा होइन, प्रदेशसभामा मेरो उम्मेदवारी हुनेछ : केसी

अब छत्रेश्वरीमा होइन, प्रदेशसभामा मेरो उम्मेदवारी हुनेछ : केसी

माघ २९, सल्यान । नेपाली कांग्रेस सल्यानका उपसभापति तथा छत्रेश्वरी गाउँपालिका सल्यानका अध्यक्ष सन्तोष केसीले आसन्न स्थानीय तहको निर्वाचनमा आफू पुनः छत्रेश्वरी गाउँपालिकाको अध्यक्ष पदमा नदोहोरिने बताएका छन ।

सरकारले २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि सामाजिक संजाल मार्फत संक्षिप्त प्रतिक्रिया दिदै अध्यक्ष केसीले यस्तो बताएका हुन ।

“अब गाउँपालिका अध्यक्षमा मेरो उम्मेद्बारी रहने छैन। अब छत्रेश्वरिमा म भन्दा सक्षम नेतृत्व आउने बिश्वास रहेको छ।” उनले लेखेका छन – “अत: प्रदेश सांसदमा मेरो आकाङ्क्षा रहेको छ। त्यसैले मेरो तयारी प्रदेश सांसदमा रहनेछ।”

सरकारले स्थानिय तह निर्वाचनको मिति घोषणागरे संगै राजनितीक बृत क्रीयासिल देखिन थालेको बताउदै अध्यक्ष केसीले छत्रेश्वरी गाउँपालिकामा सबैको मायाले ५ बर्षे कार्यकाल विकास निर्माण लगायत हरेक कुरामा सफल बनेको र केही काम अन्तिम चरणमा रहेको बताएका छन ।

यस्तो छ स्टाटस : गाउँपालिका देखि अबको यात्रा

• सरकारले स्थानिय तह निर्वाचनको मिति घोषणागरे संगै राजनितीक बृत क्रीयासिल देखिन थालेको छ। संविधान र लोकतन्त्रको मर्म अनुसार सरकारको निर्णय उपयुक्त छ। पहिलो स्थानिय तह निर्वाचनमा छत्रेश्वरि गाउँपालिकाको नेतृत्व गर्ने अबसर प्राप्त भयो।

• सम्पुर्णको माया प्राप्तगरी बिकास निर्माण संगै पालिकाका हरेक सवालमा सफलता प्राप्ति नै भयो। केहि कामहरु सम्पन्नको अन्तिम चरणमा रहेका छ्न। करिब ५ बर्षे कार्यकाल सकिनै लाग्दा चुनावको मिति घोषणा भएसगै म प्रती माया र चासो देखाउन हुने सम्पुर्णप्रती आभारी छु।

• अब गाउँपालिका अध्यक्षमा मेरो उम्मेद्बारी रहने छैन। अब छत्रेश्वरिमा म भन्दा सक्षम नेतृत्व आउने बिश्वास रहेको छ। अत: प्रदेश सांसदमा मेरो आकाङ्क्षा रहेको छ। त्यसैले मेरो तयारी प्रदेश सांसदमा रहनेछ। पुन: तपाईंहरुको माया अनि साथ पाउनेमा म विश्वस्थ रहेको छु।

जय नेपाल।
सन्तोष केसि / अध्यक्ष- छत्रेश्वरि गाउँपालिका
उप- सभापती- नेपाली कांग्रेस सल्यान ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज