कर्णाली समृद्ध बनाउन ६ ‘ब’ लागू गर्नुपर्छ : मुख्यमन्त्री शाही
पौष २५, सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री जिबन बहादुर शाहीले कर्णाली प्रदेशलाई समृद्ध बनाउन ६ ‘ब’ लागू गर्नुपर्ने बताएका छन ।
आइतबार सल्यान खलंगामा प्रेस युनियन सल्यान शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन ।
बहुआयामिक गरिबीको चपेटामामा परेको प्रदेशलाई गरिबी बाट मुक्त गराउन सबैले सहकार्य गर्नुपर्ने बताउदै मुख्यमन्त्री शाहीले ६ वटा ‘ब’ अन्तरगत बाटो, बिजुली, विचार (सूचना- प्रबिधि), वन, बजार र व्यवस्थापनमा ध्यान दिएर प्रदेशलाई धनी बनाउन सकिने बताए ।
कर्णाली स्रोत साधनले भरिपूर्ण भएपनी त्यसलाई व्यवस्थापन गर्न नसकेको र सुनको थालीमा भिख माग्ने जस्तो प्रदेश भएको उनल बताए ।
त्यस्तै वर्तमान सरकार अघिल्लो सरकारकै निरन्तरता भएकाले अघिल्लो सरकारले सुरु गरेका राम्रा काम यथावत राख्ने र कमिकमजोरी सच्याउने उनले बताए ।
सत्ता गठबन्धनमा आवद्ध दलहरूका महाधिवेशनले गर्दा सरकारले पूर्णता पाउन नसकेको बताएका मुख्यमन्त्री शाहिले ३ जना मात्रै मन्त्री हुदा पनि प्रदेश सरकारका काम कारवाही भने नरोकिएको बताए ।
प्रतिकृया दिनुहोस्