September 25, 2026, Friday
२०८३ आश्विन ९, शुक्रबार
सल्यानमा माओवादी केन्द्र बाट निर्वाचन कार्यपालिका सदस्य नेकपा (एमाले)मा प्रवेश

सल्यानमा माओवादी केन्द्र बाट निर्वाचन कार्यपालिका सदस्य नेकपा (एमाले)मा प्रवेश

पौष २४, सल्यान । सल्यानमा नेकपा (माओवादी) केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्य नेकपा(एमाले)मा प्रवेश गरेका छन ।

शनिबार नेकपा (एमाले)को नवौं जिल्ला अधिबेशनको बन्द सत्रमा कार्यक्रम बाट जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १२, बाट गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र बाट निर्वाचित कार्यपालिका सदस्य तथा माओवादी केन्द्रका सल्यान जिल्ला कमिटी सदस्य जयप्रकाश विक ‘असोक’ नेकपा (एमाले)मा प्रवेश गरेका हुन ।

नेकपा (एमाले) र माओवादी केन्द्र बिच पार्टी एकता भएपछि नेताहरू बिचको बिबादले पार्टी फुटेपनी केपी ओली अध्यक्ष भएको पार्टी नै नेकपाको निरन्तरता भएकाले आफुले नेकपा (एमाले) रोजेको विकले बताए ।