नेकपा (एमाले) सल्यानको नवौं जिल्ला अधिबेशनको बन्द सत्र सुरु
पौष २४, सल्यान । नेकपा एमाले सल्यानको नवौं जिल्ला अधिबेशन अन्तरगत बन्द सत्र सुरु भएको छ ।
शनिबार दिउसो १ बजे बाट बन्द सत्र सुरु भएको हो । आयोजक, प्रतिनिधि, प्रर्यवेक्षेक, र स्वयंसेवक गरेर बन्द सत्रमा जिल्ला भरबाट करिब ५ सय बढी एमाले नेताकार्यकर्ताको सहभागिता भएको छ ।
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज गुलावजंग शाहको प्रमुख आतिथ्यतामा बन्द सत्र सुरु भएको छ ।
अधिबेशनले आगामी कार्यकालको लागि जिल्ला कमिटी निर्वाचित गर्नेछ । सर्वसहमतिमा नेतृत्व चयन गरिने नेताहरूले बताएका छन ।







प्रतिकृया दिनुहोस्