May 8, 2024, Wednesday
२०८१ बैशाख २६, बुधबार
एमाले अधिवेशन : सल्यान टुडिखेलमा नारायणी किनारको झल्को (तस्विरहरु)

एमाले अधिवेशन : सल्यान टुडिखेलमा नारायणी किनारको झल्को (तस्विरहरु)

पौष २३, सल्यान । नेकपा (एमाले) सल्यानको नवौं जिल्ला अधिबेशनको उद्घाटन समारोह भव्यतापूर्वक सम्पन्न भएको छ । शुक्रबार सदरमुकाम खलंगाको टुडिखेलमा भव्यता पूर्वक उद्घाटन समारोह सम्पन्न भएको हो ।

अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका कार्यकर्ता तथा शुभचिन्तकले सल्यान खलंगाको टुडिखेल मैदान खचाखच भरिएको थियो । ठुलो संख्यामा नेताकार्यकर्ता तथा समर्थकहरुको सहभागिता भएपछि यस सभाले जिल्ला स्तरमा नारायनी किनारको झल्को दिएको एमाले नेताहरुले दावि गरेका छन ।

नारायनी किनारको जत्रो संख्यामा नभएपनि यस समारोहले मंसिर १० गते चितवनको नारायनी नदि किनारमा भएको नेकपा एमालेको १० औं राष्ट्रिय महाधिबेशनको समारोहको झल्को दिएको उनिहरुले बताए ।

एमाले जिल्ला अध्यक्ष गोविन्द पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी एमाले पोलिटब्युरो सदस्य तथा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह लगायत एमाले प्रदेश कमिटी सदस्य तथा पुर्व जिल्ला पार्टी अध्यक्ष लोक बहादुर डांगी, प्रदेश कमिटी सदस्यहरु मनोज प्रधान, तिलक मल्ल क्षितिजले मन्तव्य राखेका थिए ।

पार्टिका प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष भिम बहादुर सेनको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको संचालन जिल्ला कमिटी उपसचिव दान बहादुर केसीले गरेका थिए ।

एमाले सल्यानको जिल्ला अधिवेशनमा सल्यानका मौलिक सांस्कृतिक प्रस्तुतिहरुलाई पनि स्थान दिइएको थियो । दार्मा गाउंपालिकाको मयुर नाच, सिद्ध कुमाख गाउंपालिकाको बनगाडी टप्पा, त्रीवेणिको सोरठी र अन्य सांस्कृतिक प्रस्तुति राखिएको थियो ।

बन्द सत्र भोली बिहान ७ बजेबाट जिल्ला समन्वय समितिको हलमा हुने बताईएको छ ।

तस्विरहरु :

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज