September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
अनेमा संघ बागचौरको अधिबेशन सम्पन्न : अध्यक्षमा वली

अनेमा संघ बागचौरको अधिबेशन सम्पन्न : अध्यक्षमा वली

पुस १५, सल्यान । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ बागचौर नगर कमिटीको अध्यक्षमा शारदा वली सर्वसम्मत चयन भएकी छन । बिहीवार बागचौरमा भएको प्रथम अधिवेशन वलीको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन भएको छ ।

अधिबेशन बाट संघको नगर कमिटी उपाध्यक्षमा चित्रा चन्द, बिमला शर्मा, सचिव भक्त कुमारी बिएम के सी, उप-सचिव सीता वली, मैना वली र कोषाध्यक्ष डिला विक चयन भएको नेकपा एमाले जिल्ला अधिवेशन प्रचार प्रसार समिति संयाेजक दिपेन्द्र प्रकाश डि.सी.ले बताए ।

शारदा वलीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगी, विशिष्ट अतिथि अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य जिल्ला इन्चार्ज कुन्ती बस्नेत, अतिथिहरु प्रदेश कमिटी सदस्य तिलक मल्ल, नगर अध्यक्ष तथा जिल्ला कमिटी सदस्य घनश्याम शर्मा,जिल्ला कमिटी सदस्यहरु दिपेन्द्र प्रकाश डि.सी., जनक विक, नगर कमिटी सचीव मोहन चन्द लगायत अतिथिहरुको उपस्थित रहेको थियो भने उक्त कार्यक्रमको सहजीकरण भक्त कुमारी बिएम के.सी. ले गरेकी थिईन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज