September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
एमाले निकट पेशागत महासंघ सल्यानको अधिबेशन तयारीको लागी जिम्मेवारी बाँडफाँड

एमाले निकट पेशागत महासंघ सल्यानको अधिबेशन तयारीको लागी जिम्मेवारी बाँडफाँड

पौष १०, सल्यान । नेकपा (एमाले) निकट पेशागत महासंघको सल्यान जिल्ला अधिबेशन तयारीको लागि जिम्मेवारी बाँडफाँड भएको छ । पौष १७ गते हुन लागेको अधिबेशनको तयारीको लागि शविबार श्रीनगरमा बसेको आयोजक समितिका उपलक्ध सदस्यहरुको बैठकले जिम्मेवारी बाँडफाँड गरेको हो ।

जसअन्तरगत अतिथि सत्कार र हल व्यवस्थापनको लागि ध्रुवबहादुर खत्रीको संयोजकत्वमा प्रशुराम वली र टेकबहादुर वयक सदस्य रहेको ३ सदस्यिय उपसमिति गठन भएको छ । त्यस्तै किशोर कुमार हमालको संयोजकत्वमा विन्दुर केसी र लालवहादुर रावत सदस्य रहेको निर्वाचन समिति गठन भएको छ ।

त्यसैगरी अधिबेशनमा प्रतिनिधि व्यवस्थापन गर्न जिल्लाका दस वटै पालिकामा ३ सदस्य सहित संयोजक तोकिएको छ । जसअन्तरगत बागचौर नगरपालिका – दिपक बस्नेत, कालिमाटी गाउँपालिका– दिप कुमार वली, शारदा नगरपालिका – नवराज आचार्य, बनगाड कुपिण्डे नगरपालिका – हस्त बहादुर भण्डारी, कपुरकोट गाउँपालिका – देवेन्द्र सेन, त्रिवेणी गाउँपालका – विनोद भण्डारी, कुमाख गाउँपालिका – सुरेश चन्द, छत्रेश्वरी गाउँपालिका – दुर्गा केसी, दार्मा गाउँपालिका – दिपक कंवर र सिद्धकुमाख गाउँपालिका – टोपबहादुर बुढाथोकी रहेका छन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज