कांग्रेस प्रदेश १ को सभापतिमा गुरु भट्टराई २ मतले पराजित
मसिर २०, विराटनगर । नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । उनलाई सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको समर्थन थियो ।
थापाले ८ सय ४४ मत ल्याउँदा घिमिरे २ मतले पराजित भए । घिमिरेले ८ सय ४२ मत पाए । शनिबार भएको निर्वाचनमा १ हजार ७ सय ५२ मत खसेको थियो ।
सभापतिमा निर्वाचित थापा नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सभापति हुन् ।
प्रदेश उपसभापति पदमा संस्थापन पक्षका रमेशजंग रायमाझी ८ सय ९१ र टंकप्रसाद राईले ८ सय ४७ मत प्राप्त गरी विजयी भएका छन् । महामन्त्री पदमा संस्थापनका भुपेन्द्र राईले ८ सय २४ र संस्थापनइतरका उमेश थापाले ८ सय २३ मत ल्याएर जितेका छन् ।
सह(महामन्त्रीमा खड्ग फागो, बिनोद बस्नेत र प्रमिला गच्छदार निर्वाचित भएका छन् ।
प्रतिकृया दिनुहोस्