February 9, 2026, Monday
२०८२ माघ २७, सोमबार
कांग्रेस सल्यान अधिबेशन : ५०० मत गणना हुदा देउवा समुहका केशबहादुर बिष्टको अग्रता

कांग्रेस सल्यान अधिबेशन : ५०० मत गणना हुदा देउवा समुहका केशबहादुर बिष्टको अग्रता

मंसिर ७, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा ५०० मत गणना हुदा सभापति पदमा केशबहादुर बिष्टले अग्रता लिएका छन ।

५०० सय मत गणना हुदा सभापतिमा बिष्टले २४७ मत पाएका छन भने अर्का उम्मेदवार धुर्वराज पुरीले २४५ मत पाएका छन । पुरी भन्दा बिष्ट २ मतले मात्रै अगाडी छन ।

त्यस्तै उपसभापति पदमा बिष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले अग्रता कायम गरेका छन । ५०० मत गणना हुदा केसीले २४९ मत पाएका छन भने देवकोटाले २३४ मत सहित दोस्रो स्थानमा छन ।

उपसभापति पदमै बिष्ट प्यानलका गोपाल बुढाथोकी २१८ मत सहित तेस्रो स्थानमा छन भने पुरी प्यानलका डिल्ली बहादुर बुढाथोकी २०६ मत सहित चौथो स्थानमा छन ।

सचिवमा भण्डारी र जैसीको अग्रता

त्यस्तै सचिव पदमा पुरी प्यानलका प्रकाश भण्डारी र बिष्ट प्यानलका डिल्ली प्रसाद जैसीले अग्रता लिएका छन । सचिवमा ५०० मत गणना हुदा प्रकाश भण्डारी २९० मत सहित पहिलो स्थानमा छन भने २३३ मत सहित जैसी दोस्रो स्थानमा छन ।

सचिवमै २१२ मत सहित बिष्ट प्यानलका एकराज बुढाथोकी तेस्रो र १९७ मत सहित पुरी प्यानलका लोकराज आचार्य चौथो स्थानमा छन ।

त्यस्तै सहसचिव पदमा पुरी प्यानलका जनकराज गौतम २५९ मत सहित पहिलो स्थानमा छन भने २३९ मत सहित बिष्ट प्यानलबाट बुद्धि प्रकाश हमाल दोस्रो स्थानमा छन । सहसचिवमै बिष्ट प्यानलका खिमबहादुर रावत २२४ मत सहित तेस्रो स्थानमा छन भने २१९ मत सहित पुरी प्यानलका पदम बुढाथोकी चौथो स्थानमा छन ।

सोमबार भएको निर्वाचनमा कुल १२ सय ८० मतदाता मध्ये १२ सय २७ मत खसेको थियो । गएराती ११ बजेबाट मतगणना सुरु भएको थियो भने मत गणना कार्य जारी रहेको छ । सल्यानमा बिष्ट देउवा समुह र पुरी रामचन्द्र पौडेल समुहको समर्थनमा चुनाव लडेका हुन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज