कांग्रेस अधिबेशन : सल्यानमा मतदाता लाइनमा, पानीका बोतलमा पनि प्रचार (फोटोहरू)
मंसिर ५, सल्यान । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सल्यान जिल्ला समितीकाे नयाँ कार्यसमिति चयनको सोमबार निर्वाचन हुदैछ ।
नयाँ नेतृत्वको लागी जिल्लामा सभापतिका उम्मेदवार धुर्वराज पुरी र केश बहादुर विष्टकाे प्यानलले उमेदवारी दर्ता गराएको छ । त्यस्तै उपसभापतिमा सन्ताेष केसी, चक्र देवकाेटा, डिल्ली बहादुर बुढाथाेकी र गाेपाल बुढाथाेकीले उमेदवारी दर्ता गराएका छन् । भने सचिवमा प्रकाश भण्डारी, डिल्ली प्रसाद जैशी, एकराज बुढाथाेकी र लाेकराज आचार्यकाे उमेदवारी छ । सहसचिवमा वुद्धि प्रकाश हमाल, जनकराज गाैतम, पदम बहादुर बुढाथाेकी र खिम बहादुर रावतकाे उमेदवारी परेकाे छ ।
सोमवार विहान ८ बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने सदरमुकाम खलंगा स्थित टुडिखेल बालमन्दिरमा बिहानै देखी मतदाताहरू लाइनमा बसेका छन भने सुरक्षा व्यवस्था कडा परिएको छ ।
कांग्रेस अधिबेशनले सदरमुकाम खलंगाका सडक , बजार, चोक प्रचार सामाग्रीले भरिएको छ । एकजना उम्मेदवारले आफ्नो प्रचारमा मिनिरल वाटरका बोतल समेत प्रयोगमा ल्याएका छन । महाधिवेशन प्रतिनिधि दिपेन्द्र कुमार खत्रीले पानीका बोतलमा समते आफ्नो प्रचार सामाग्री राखेका छन ।
सल्यानमा काँग्रेसका १ हजार २ सय ८० मतदाता प्रतिनिधि छन् ।
फोटोहरू :
प्रतिकृया दिनुहोस्