July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार
कांग्रेस क्षेत्रीय अधिबेशन : सल्यानका दुवै क्षेत्रमा मतदान सम्पन्न, मत गणना आजै सुरु हुने

कांग्रेस क्षेत्रीय अधिबेशन : सल्यानका दुवै क्षेत्रमा मतदान सम्पन्न, मत गणना आजै सुरु हुने

मंसिर ०३, सल्यान । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तरगत सोमबार देशैभर क्षेत्रीय अधिबेशन सम्पन्न गर्ने तालिका बमोजिम सल्यानका दुबै प्रदेश सभा क्षेत्रमा मतदान सम्पन्न भएको छ ।

अधिबेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागी भएको निर्वाचनमा प्रदेश सभा (क)मा ६५७ कुल मतदातामध्ये ६२४ मत खसेको छ भने प्रदेश सभा (ख)मा कुल मतदाता ६१२ मध्ये ६०१ मत खसेको नेपाली कांग्रेस सल्यान स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस सल्यानको क्षेत्रीय अधिबेशन निर्वाचन प्रदेश सभा (क)मा जनकल्याण क्याम्पस थारमारे र प्रदेश सभा (ख) को भोटेचौर कबर्डहलमा भएको थियो ।

दुवै निर्वाचन क्षेत्रमा जिल्ला सभापतिका उम्मेदवार केश बहादुर बिष्ट र धुर्वराज पुरी प्यानलबिच प्रतिस्पर्धा हुने भएको छ ।

आजै मतगणनाको तयारी भैरहेको सल्यान कांग्रेसले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज