कांग्रेस वडा अधिबेशन : सल्यान बनगाड कुपिन्डे नपाका ११ वडामा निर्विरोध, एउटा वडामा विवाद
दुर्गा विसि / भाद्र २१, सल्यान । नेपाली कांग्रेस सल्यानको बनगाड कुपिण्डे नगरपालिका भित्रका १२ वडा मध्य ११ वडामा वडा अधिबेशन सम्पन्न भएको छ ।
१४ औं महाधिवेशनकाे लागि सोमबार सल्यानका ८३ वटा वडा मध्ये बनगाड कुपिन्डे नगरपालिकाका वडाहरूको पनि अधिबेशन सम्पन्न भएको हो ।

अधिवेशनले वडा कार्यसमिति र नगर तथा क्षेत्रिय प्रतिनिधिचयन गरेको छ । वडा नं १ को सभापतिमा रामकुमार माझी, वडा नं २ मा विष्णुप्रसाद शर्मा, वडा नं ३ मा ईन्द्र पुन, वडा नं ४ मा तुलसि वुढा, वडा नं ५ मा निमवहादुर वुढा, वडा नं ६ मा लाेकेन्द्र सिं, वडा नं ७ मा सुकदेव कवँर, वडा नं ८ मा भिमवहादुर वुढा, वडा नं ९ मा मन बहादुर यरी र वडा नं १० मा दिर्घ बहादुर बुढा र वडा नं १२ मा खुमलाल वली वडा सभापतिमा निर्बिरोध चयन भएको नेपाली कांग्रेस बनगाड नगर कार्य समितिले जनाएको छ ।
त्यसैगरि वडा नं ३ मा विवाद हुदा माइनुट समेत च्यात्तिएको थियोे भने अन्तमा सहमति वनेकाे मतदान अधिकृत विरवहादुर शाहीले जानकारी दिएका छन् ।

त्यस्तै वडा नं ११ भने निर्वाचन पदाधिकारी तथा अधिकृत लाेकवहादुर विसिले निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै जिल्ला कार्य समिति सदस्य दुर्गा खड्काकाे टिमले अवरोध सृजना पछि उक्त वडामा वडा पदाधिकारीसँगै प्रतिनिधि छनौट हुन सकेको छैन।
बाँकी अन्य वडाहरुमा भने सर्व सहमतिमै टुंगो लागेको नेपाली कांग्रेसका सभापति टाेपवहादुर भण्डारी जानकारी दिएका छन् । नयाँ निर्वाचित पदाधिकारी रामकुमार माझीले भने नेपाली कांग्रेसले सुन्दर लाेकतान्त्रीक पद्द्ति अपनाएको र यसकाे जग वडा भएकोले सबैले यसलाई वलियाे बनाउनुपर्ने वताए ।







प्रतिकृया दिनुहोस्