April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
कांग्रेस जिल्ला अधिबेशन : सल्यानमा १२ सय ३० मत खस्यो, आजै मतगणना सुरु हुने

कांग्रेस जिल्ला अधिबेशन : सल्यानमा १२ सय ३० मत खस्यो, आजै मतगणना सुरु हुने

मंसिर ६, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सल्यानमा भएको निर्वाचनमा मतदान कार्य सम्पन्न भएको छ ।

कुल १२ सय ८० मतदाता मध्ये १२ सय ३० मत खसेको निर्वाचन समितिले जनाएको छ । सल्यानमा नेताहरू केशबहादुर बिष्ट र धुर्वराज पुरीको प्यानल बिच प्रतिस्पर्धा भएको छ ।

बिहान १० : ४५ बजे केश बहादुर बिष्टले पहिलो मतदान गरेपछि मतदान सुरु भएको छ । आजै मतगणना सुरु गरिने बताइएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज