September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
कांग्रेस अधिबेशन : सरकारी कर्मचारी बनिन्, कांग्रेसको प्रदेश कमिटी सदस्य

कांग्रेस अधिबेशन : सरकारी कर्मचारी बनिन्, कांग्रेसको प्रदेश कमिटी सदस्य

मंसिर १९, सल्यान । ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निजामती सेवा ऐन, शिक्षा ऐनलगायत सरकारी सेवामा संलग्न हुने कर्मचारीसम्बन्धी विभिन्न ऐनलगायत राजनीतिक दलहरूले पारित गरेका विधानमा पनि सार्वजनिक पदमा बहाल रहेकाले राजनीतिमा भाग लिन नपाउने प्रावधान रहेको पाइन्छ ।’

शिक्षक तथा अन्य सरकारी सेवामा संलग्नहरू राजनीतिमा प्रत्यक्ष संलग्न हुन नपाउने तथा कुनै पनि पदमा उम्मेदवार वा निर्वाचित हुन नपाउने प्रावधान छ । तर उक्त प्रावधानलाई ठाडै चुनौती दिदै सरकारी कर्मचारीहरू पार्टीका विभिन्न तहको अधिवेशनमा उम्मेदवार र निर्वाचित भएका छन ।

यसै सन्दर्भमा मंसिर १८ गते सम्पन्न नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीको अधिवेशनमा सल्यानको शारदा नगरपालिकाकि एक कर्मचारी महिला कोटा बाट प्रदेश कमिटी सदस्यमा निर्वाचित भएकी छन ।

नगरपालिकामा फोहोर मैला व्यवस्थापन शाखामा खरिदार सरहको करार कर्मचारीमा कार्यरत सीता मल्ल गिरी कांग्रेस कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट खसआर्य महिलामा सदस्यमा निर्वाचित भएकी हुन् ।

उनले सर्बाधिक ६ सय १५ मत ल्याएर बिजयी भएकी हुन । उनको नाम दुबै समुहबाट थियो। उनी जिल्लामा संस्थापन इतरको रामचन्द्र पौडेल समुहमा छिन। तर प्रदेशमा दुबै समुह (देउवा र रामचन्द्र समुह)ले मल्लको नाम राखेपछी उनले निर्वाचन जितेकी हुन ।

मल्लले यसअघि जिल्लामा भएको निर्वाचनमा आफू कार्यरत शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हराएकी थिइन् ।

सरकारी वेतनधारी कार्मचारी दलको सक्रिय सदस्य नबनाउन निर्वाचन आयोगले सचेत गराइरहेको बेला बहालवाला उपमेयरलाई सोहि नगरपालिकाकि कर्मचारीले पराजित गरेर कांग्रेसको प्रदेश कमिटी सदस्य बनेकी हुन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज