September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
कमल थापा र रेखा थापाबीच भिडिओ क्लिप सहित सामाजिक संजालमै जुहारी

कमल थापा र रेखा थापाबीच भिडिओ क्लिप सहित सामाजिक संजालमै जुहारी

मंसिर १७, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नेतृत्व चयन प्रक्रियामा प्रवेश गर्नै लाग्दा राप्रपा अध्यक्ष कमल थापा र महामन्त्रीकी उम्मेदवार रेखा थापाबीच दोहोरी चलेको छ। यसको शुरुवात भने कमल थापाले गरेका हुन् ।

आफू विरोधी खेमाबाट महिला कोटाबाट महामन्त्रीकी उम्मेदवार बनेर रेखा चुनाव प्रचार प्रसारमा लागेका बेला कमलले आफ्नो ट्वीटरमा एउटा पुरानो भिडियो क्लिप सेयर गरेका छन् । ‘ग्लयामर गफ’ कार्यक्रममा रेखाले आफूलाई गणतन्त्रको पक्षमा उभ्याएकी छिन्, जुन राप्रपाको वैचारिक लाइन विपरित हो ।

उक्त अन्तर्वार्तामा प्रकाश सुवेदीले रेखा थापालाई सोधेका छन्, ‘राजतन्त्र कि गणतन्त्र ?’ उत्तरमा थापाले भनेकी छन्, ‘गणतन्त्र।’

हेर्नुहोस अन्तरवार्ता ः

सुवेदी ः गणतन्त्र ? अहिले तपाईं कुन पार्टीसँग आबद्ध हुनुहुन्छ थाहा छ यहाँलाई ?

थापा ः राप्रपा।

सुवेदी ः राप्रपाको उद्देश्य के हो, थाहा छ कि छैन ?

थापा ः थाहा छ। मैले आम जनताको भाषा बोलिरहेको छु। पार्टीको सिद्धान्त आफ्नो ठाउँमा छँदै छ। पार्टीकै सिद्धान्तमा कतिपय मानिसलाई त्यो चिज चित्त नबुझेको पनि हुन सक्छ, त्यो पछि व्याख्या गरौंला।

सुवेदी ः अनि तपाईंको यो अभिव्यक्तिले तपाईंलाई कारबाही गर्यो भने ?

थापा ः गर्दैन। त्यो त म एज रेखा थापा बोलिराछु नि, पार्टीको कुनै नेत्रीका रूपमा बोलाउनुभा छैन नि। तपाईंले ग्ल्यामर गफमा रेखा थापालाई बोलाउनु भाछ।

त्यस्तै पत्रकार ऋषि धमलासँग कुरा गरेको त्यो भिडियो क्लिपमा कमल थापाले एमसीसी पारित गर्नुपर्ने मत राखेका छन्। आफूलाई अब्बल राष्ट्रवादी दावी गर्ने कमल थापाको एमसीसीप्रतिको त्यो धाराणा विरोधाभास छ ।

करिब २ घण्टापछि रेखा थापाले पनि कमल थापाले ऋषि धमलालाई दिएको अन्तर्वार्ताको भिडिओ क्लिप सेयर गर्दै त्यही शब्द लेखेकी छन्, ‘नो कमेन्ट।’

अभिनेत्री थापाले सेयर गरेको तलको भिडिओ क्लिपमा कमल थापा ‘जनता जान्न चाहन्छन्’ मा अन्तर्वार्ता दिइरहेका छन्।

यस्तो छ धमला सँग कमल थापाको अन्तरवार्ता ः

ऋषि धमला ः कमल थापाजी, एमसीसी पारित हुनुपर्छ?

कमल थापा ः निश्चय पनि, यो एमसीसीको….

धमला ः …..अलमलिएर बस्ने बेला होइन ?

थापा ः निश्चय पनि होइन, एमसीसीको बारेमा म प्रस्ट रूपमा भनौं, एमसीसीको बारेमा एक त राष्ट्रिय सहमति छ, कांग्रेस, कम्युनिस्ट, तपाईंको माओवादी, राप्रपालगायत।।।पार्टीहरूले सरकारमा रहेका बेला अगाडि बढाएर अहिले मूर्त रूपमा आको त्यसैले यसमा सबै पार्टीले ठीक ढंगबाट बुझ्नुपर्छ।

यसरी चुनावी माहोल तातिएका बेला कमल थापाले उनलाई असर पर्नेगरि पुरानो भिडिओ सेयर गर्दै लेखेका छन्– हा हा हा । नो कमेन्ट। रेखा पनि के कम ट्वीटरमै कमल थापाले सेयर गरेको भिडियो क्लिप मुनी प्रतिक्रिया जनाउँदै एउटा पुरानो भिडियोको क्लिप राखेकी छिन् । जसमा उनले लेखीकी छिन्– नो कमेन्ट।

चुनावको मौकामा बाठी रेखाले कमलाई प्रतिकार गर्दै त्यो भिडिओ क्लिप सेयर गरेकी हुन्। यसले कसलाई कति असर पार्छ त्यो भने चुनावी नतिजाले नै देखाउला।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज