September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
सल्यानका ७ स्थानिय तहमा (माओवादी केन्द्र)को सम्मेलन सम्पन्न, ३ वटामा सहमति जुटाउने प्रयास

सल्यानका ७ स्थानिय तहमा (माओवादी केन्द्र)को सम्मेलन सम्पन्न, ३ वटामा सहमति जुटाउने प्रयास

मंसिर १२, सल्यान । सल्यानका १० मध्ये ७ स्थानिय तहमा (माओवादी केन्द्र) का सम्मेलन सम्पन्न भएका छन । देशभर एकैदिन गाउँ तथा नगर सम्मेलन गर्ने पार्टी केन्द्रको कार्यक्रम बमोजिम शनिबार जिल्लाको शारदा नगरपालिका, दार्मा, कालिमाटी, छत्रेश्वरी, कपुरकोट, त्रिवेणी र सिद्धकुमाख गाउँपालिकामा सम्मेलन सम्पन्न भएका हुन ।

ती पालिकाहरूमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै सम्मेलन सकिएको पार्टीले बताएको छ ।

जिल्लाका अरु तीन स्थानिय तह बागचौर, बनगाड र कुमाखमा भने सम्मेलन जारी रहेको छ । त्यहाँ पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिएपनी सफल हुन सकेको छैन । सर्वसम्मत नभएमा निर्वाचन मार्फत नेतृत्व चयन गरिने बताइएको छ ।

सल्यानका १० मध्ये ७ स्थानिय तहमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को दोश्रो गाउँ तथा नगर सम्मेलन बाट निर्वाचित पदाधिकारीहरु

शारदा नगरपालिका
अध्यक्ष : नबिन सिंह भडेल
उपाध्यक्ष : तिलक बिक, पुष्कर बस्नेत र सुकदेव बिक
सचिव : सन्ताेश कुमार राई
सह सचिव : लिला बहादुर राेका
काेषाध्यक्ष : चेत ब. गिरि (चेतन)
सहित ४ जना पछि थप्ने गरि ६१ सदस्य जनाको कमिटी निर्वाचित

कालिमाटी गाउपालिका
अध्यक्ष : रुद्र बहादुर घर्ती ‘प्रगति’
उपाध्यक्ष : पुरुषोत्तम भट्टराई, गम बहादुर रावत र भोला प्रसाद खत्री
सचीव : शालीग्राम भट्टराई
सह सचीव : टेकराज पुलामी मगर
कोषाध्यक्ष :संगीता खासु
सहित ८ जना पछी थप्ने गरि ५५ सदस्य कमिटी निर्वाचित

कपुरकोट गाउपालिका
अध्यक्ष : प्रकाश भण्डारी
उपाध्यक्ष : खड्क सिंह ठकुरी, शेर बहादुर पुन र लक्ष्मी बोहरा मल्ल
सचिव :बालाराम खड्का
सहसचिव : पबन कार्कि
कोषाध्यक्ष : तिला ओली लगायत ५५ सदस्य कमिटी निर्वाचित

त्रिवेणी गाउँपालिका
अध्यक्ष : राजेन्द्र कुमार थापा
उपाध्यक्ष : नेत्र प्रकाश पुन, कृष्ण बहादुर के सी
सचिव : छविलाल बुढाथोकी
सह सचिव : भूपाल सिंह रकाल
कोषाध्यक्ष :;सुमित्रा परियार सहित ५५ सदस्य कमिटी निर्वाचित

सिद्ध कुमाख गाउपालिकामा
अध्यक्ष : राम बहादुर बस्नेत
उपाध्यक्ष : डिल बहादुर बोहरा नरविर चलाउने र भुमी बुढाथोकी
सचिन : रुद्र बुढाथोकी
सहसचिव : पुर्ण बहादुर थापा
काेषाध्यक्ष : रमेश यरि सहित ५५ जनाको कमिटी निर्वाचित

दार्मा गाउपालिका
अध्यक्ष : चन्द्रबहादुर रावत
उपाध्यक्ष : असबिर बुढाथोकी टक वली र टीका शर्मा वली
सचीव दुर्गा बहादुर मल्ल
सह सचीव : डिल्ली बहादुर केसि
कोषाध्यक्ष : धनिराम नेपाली ५५ सदस्य कमिटी निर्वाचित

छत्रेश्वरी गाउपालिका
अध्यक्ष : प्रेम बहादुर खडका
उपाध्यक्ष : धुर्वराज भण्डारी, प्रेमलाल घर्ती र गणेश भारती
सचिव : हिमाल यात्री
सह सचिव : प्रेम बहादुर नेपाली
काेषाध्यक्ष : गितान्जली भण्डारी सहित ५५ जनाको कमिटी निर्वाचित

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज