माओवादी केन्द्रले तोक्यो सल्यानका १० वटै स्थानिय तहका अध्यक्ष र सचिव
असोज ०७, सल्यान । नेकपा माओवादी केन्द्र सल्यानले जिल्लाका १० वटै स्थानिय तहका अध्यक्ष र सचिव टुङगो लगाएको छ । पार्टीको विहिबार बसेको जिल्ला समन्वय समितिको वैठकले जिल्लाका १० वटै स्थानिय तहका अध्यक्ष र सचिवको जिम्मेवारी टुङ्गो लगाएको हो ।
नेकपा माओवादी केन्द्रले गरेको परिपत्र अनुसार जिल्लाको दार्मा गाउँपालिकाको अध्यक्षमा चन्द्र बहादुर रावत र सचिवमा दुर्गा मल्ल, बागचौर नगरपालिकाको अध्यक्षमा लोकमान बुढाथोकी र सचिवमा सेते वली, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र कुमार थापा र सचिवमा छविलाल बुढाथोकी, शारदा नगरपालिकाको अध्यक्षमा नविन भडेल र सचिवमा तिलक कुमार विश्वकर्मा रहेका छन ।
त्यस्तै कपुरकोट गाउँपालिकाको अध्यक्षमा प्रकाश भण्डारी र सचिवमा शेरबहादुर पुन, कुमाख गाउँपालिका अध्यक्षमा चन्द्र बहादुर राना र सचिवमा हर्षबहादुर बुढाथोकी, छत्रेश्वरी गाउँपालिका अध्यक्षमा प्रेम बहादुर खड्का र सचिवमा हिमाल योगी, सिद्धकुमाख गाउँपालिका अध्यक्षमा राम बहादुर बस्नेत र सचिवमा दिलबहादुर बोहरा, बनगाड कुपिन्डे नगरपालिका अध्यक्षमा किर्तिबहादुर राना र सचिवमा दिपक यरी र कालिमाटी गाउँपालिकाको अध्यक्षमा शालिकराम भट्टराई र सचिवमा निमबहादुर थापा रहेका छन ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को २०७८ साउन ३० गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार २०७८ असोज १० गते सेलरटोल सम्मेलन, असोज २० गते वडा सम्मेलन, कार्तिक ६ गते पालिका सम्मेलन, मंसिर १५ गते प्रदेश सम्मेलन , पौष ११÷ १३ गते राष्ट्रिय सम्मेलन तोकिएको छ ।
प्रतिकृया दिनुहोस्