July 14, 2024, Sunday
२०८१ असार ३१, आईतवार
नेपालमा सबैभन्दा कम विवादित र लोकप्रिय पार्टी माओवादी केन्द्र हाे : बस्नेत

नेपालमा सबैभन्दा कम विवादित र लोकप्रिय पार्टी माओवादी केन्द्र हाे : बस्नेत

मंसिर ९, सल्यान । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा सामान्य प्रशासन विभाग प्रमुख टेक बहादुर बस्नेतले नेपालमा सबै भन्दा कम विवादित र लोकप्रिय पार्टी नेकपा माओवादी केन्द्र भएकाे दावि गरेका छन ।

बुधबार नेकपा माओवादी केन्द्र दार्मा वडा नं ३काे सम्मेलनमा शुभकामना मन्तव्यका क्रममा बस्नेतले नेकपा एमाले फुटि सकेकाे र कांग्रेस भित्र धेरै गुट उपगुट रहेकोले माओवादी केन्द्र जनताकाे राेजाइमा परेकाे र देशैभर प्रवेशकाे लहर बढेकाे बताए।

फरक प्रसङ्गमा बस्नेतले सरकारले गरेका कामकाे जानकारी जनतासमक्ष पुर्याउनु पर्ने बताउदै अबकाे निर्वाचनमा सल्यानका १० वटै स्थानीय तह, प्रदेश, जिल्लासमन्वय र संघ समेत माओवादीले जित्ने दावी गरे ।

माओवादी केन्द्र दार्मा गाउँपालिका वडा नम्बर ३ को प्रथम सम्मेलनबाट सेतिराम राेकाहाको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । त्यस्तै सम्मेलनले ३० सदस्यीय पालिका प्रतिनिधि पनि छनोट गरेको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज