March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
कांग्रेस सल्यान अधिबेशन : जिल्ला सभापतिमा देउवा पक्षका बिष्ट विजयी (अन्तिम मत परिणाम)

कांग्रेस सल्यान अधिबेशन : जिल्ला सभापतिमा देउवा पक्षका बिष्ट विजयी (अन्तिम मत परिणाम)

मंसिर ७, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा सभापति पदमा केश बहादुर बिष्ट ५ मत अन्तरले विजयी भएका छन ।

कुल १२३५ मत मध्ये बिष्टले ६१२ मत ल्याएका छन भने उनका प्रतिस्पर्धी धुर्वराज पुरीले ६०७ पाएका छन ।

त्यस्तै उपसभापति पदमा बिष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले विजयी भएका छन भने सचिवमा पुरी प्यानलबाट प्रकाश भण्डारी र बिष्ट प्यानल बाट एकराज बुढाथोकी विजयी भएका छन ।

सहसचिवमा पुरी प्यानलबाट जनकराज गौतम र पदम बुढाथोकीले जित हाँसिल गरेका छन ।

हेर्नुहोस अन्तिम मत परिणाम ;

जम्मा मत संख्या:- १२८०
जम्मा खसेको मत संख्या :- १२३५

सभापति
केश बहादुर बिष्ट :-६१२
ध्रुब राज पुरी :-६०७

उप-सभापति
गोपाल बुढाथोकी:-५०६
चक्र बहादुर देवकोटा:-५९६
दिल्ली बहादुर बुढाथोकी:-५६२
सन्तोष के.सी:- ६२०

सचिब
एक राज बुढाथोकी:-५५९
दिल्ली प्रसाद जैसी:-५३१
प्रकाश भण्डारी:-७०३
लोक राज आचार्य:-४९७

सह-सचिब
खिम बहादुर रावत:-५६९
जनक राज गौतम:-६३४
पदम बहादुर बुढाथोकी:-५७५
बुद्धि प्रकाश हमाल:-५६४