सल्यान कांग्रेस अधिबेशन : ९०१ मत गणना हुदा बिष्ट ४४७ र पुरी ४४१ (मतपरिणाम सहित)
मंसिर ७, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा ९०१ मत गणना हुदा सभापति पदमा केशबहादुर बिष्टले अग्रता कायमै गरेका छन ।
९०१ सय मत गणना हुदा सभापतिमा बिष्टले ४४७ मत पाएका छन भने अर्का उम्मेदवार धुर्वराज पुरीले ४४१ मत पाएका छन । पुरी भन्दा बिष्ट ६ मतले अगाडी रहेका छन ।
त्यस्तै उपसभापति पदमा बिष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले अग्रता कायम गरेका छन भने सचिवमा प्रकाश भण्डारी र एकराज बुढाथोकीले लिड गरेकाछन ।
सहसचिवमा जनकराज गौतम र बुद्धिप्रकाश हमालले अग्रता कायम गरेका छन ।
हेर्नुहोस मत परिणम :
सभापति
केश बहादुर बिष्ट : ४४७
ध्रुब राज पुरी : ४४१
उपसभापति
गोपाल बुढाथोकी: ३९५
चक्र बहादुर देवकोटा: ४१३
दिल्ली बहादुर बुढाथोकी: ४००
सन्तोष के।सी: ४५३
सचिब
प्रकाश भण्डारी: ४९९
लोक राज आचार्य:३५२
एक राज बुढाथोकी: ४२७
दिल्ली प्रसाद जैसी: ४०५
सहसचिब
खिम बहादुर रावत: ४२३
जनक राज गौतम: ४४९
पदम बहादुर बुढाथोकी: ४०८
बुद्धि प्रकाश हमाल: ४२८
प्रतिकृया दिनुहोस्