सल्यान कांग्रेस अधिबेशन : ७०० मत गणना हुदा बिष्टको अग्रता कायमै, १५ मतको फरक
मंसिर ७, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा ७०० मत गणना हुदा सभापति पदमा केशबहादुर बिष्टले अग्रता कायमै गरेका छन ।
७०० सय मत गणना हुदा सभापतिमा बिष्टले ३५१ मत पाएका छन भने अर्का उम्मेदवार धुर्वराज पुरीले ३३६ मत पाएका छन । पुरी भन्दा बिष्ट १५ मतले अगाडी रहेका छन ।
उपसभापतिमा केसी र देवकोटा
त्यस्तै उपसभापति पदमा बिष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले अग्रता कायम गरेका छन । ७०० मत गणना हुदा केसीले ३५० मत पाएका छन भने देवकोटाले ३२६ मत सहित दोस्रो स्थानमा छन ।
उपसभापति पदमै बिष्ट प्यानलका गोपाल बुढाथोकी ३०८ मत सहित तेस्रो स्थानमा छन भने पुरी प्यानलका डिल्ली बहादुर बुढाथोकी ३०५ मत सहित चौथो स्थानमा छन ।
सचिवमा भण्डारी र जैसीको अग्रता कायमै
त्यस्तै सचिव पदमा पुरी प्यानलका प्रकाश भण्डारी र बिष्ट प्यानलका डिल्ली प्रसाद जैसीले अग्रता लिएका छन । सचिवमा ७०० मत गणना हुदा प्रकाश भण्डारी ३९३ मत सहित पहिलो स्थानमा छन भने ३२४मत सहित जैसी दोस्रो स्थानमा छन ।
सचिवमै ३१८ मत सहित बिष्ट प्यानलका एकराज बुढाथोकी तेस्रो र २७६ मत सहित पुरी प्यानलका लोकराज आचार्य चौथो स्थानमा छन ।
त्यस्तै सहसचिव पदमा पुरी प्यानलका जनकराज गौतम ३४८ मत सहित पहिलो स्थानमा छन भने ३३३ मत सहित बिष्ट प्यानलबाट बुद्धि प्रकाश हमाल दोस्रो स्थानमा छन । सहसचिवमै बिष्ट प्यानलका खिमबहादुर रावत ३३१ मत सहित तेस्रो स्थानमा छन भने ३११ मत सहित पुरी प्यानलका पदम बुढाथोकी चौथो स्थानमा छन ।
सोमबार भएको निर्वाचनमा कुल १२ सय ८० मतदाता मध्ये १२ सय २७ मत खसेको थियो । गएराती ११ बजेबाट मतगणना सुरु भएको थियो भने मत गणना कार्य जारी रहेको छन ।
नेपाली काँग्रेसको १४ औ अधिवेशन,सल्यान
सभापति पदमा
केश बहादुर बिष्ट : ३५१
ध्रुब राज पुरी : ३३६
उप-सभापति
गोपाल बुढाथोकी: ३०८
चक्र बहादुर देवकोटा: ३२६
दिल्ली बहादुर बुढाथोकी: ३०५
सन्तोष के।सी: ३५०
सचिब
प्रकाश भण्डारी:३९३
लोक राज आचार्य: २७६
एक राज बुढाथोकी: ३१८
दिल्ली प्रसाद जैसी: ३२४
सहसचिब
खिम बहादुर रावत: ३३१
जनक राज गौतम: ३४८
पदम बहादुर बुढाथोकी: ३११
बुद्धि प्रकाश हमाल:३३३
प्रतिकृया दिनुहोस्