कांग्रेस सल्यान अधिबेशन : ६०० मत गणना हुदा केशबहादुर बिष्टको अग्रता कायमै
मंसिर ७, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा ६०० मत गणना हुदा सभापति पदमा केशबहादुर बिष्टले अग्रता कायमै गरेका छन ।
६०० सय मत गणना हुदा सभापतिमा बिष्टले २९७ मत पाएका छन भने अर्का उम्मेदवार धुर्वराज पुरीले २९२ मत पाएका छन । पुरी भन्दा बिष्ट ५ मतले अगाडी रहेका छन ।

उपसभापतिमा केसी र देवकोटा
त्यस्तै उपसभापति पदमा बिष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले अग्रता कायम गरेका छन । ६०० मत गणना हुदा केसीले २९८ मत पाएका छन भने देवकोटाले २७८ मत सहित दोस्रो स्थानमा छन ।
उपसभापति पदमै पुरी प्यानलका डिल्ली बहादुर बुढाथोकी २६५ मत सहित तेस्रो स्थानमा छन भने बिष्ट प्यानलका गोपाल बुढाथोकी २६२ मत सहित चौथो स्थानमा छन ।
सचिवमा भण्डारी र जैसीको अग्रता कायमै
त्यस्तै सचिव पदमा पुरी प्यानलका प्रकाश भण्डारी र बिष्ट प्यानलका डिल्ली प्रसाद जैसीले अग्रता लिएका छन । सचिवमा ६०० मत गणना हुदा प्रकाश भण्डारी ३४७ मत सहित पहिलो स्थानमा छन भने २७५ मत सहित जैसी दोस्रो स्थानमा छन ।
सचिवमै २६४ मत सहित बिष्ट प्यानलका एकराज बुढाथोकी तेस्रो र २४० मत सहित पुरी प्यानलका लोकराज आचार्य चौथो स्थानमा छन ।
त्यस्तै सहसचिव पदमा पुरी प्यानलका जनकराज गौतम ३११ मत सहित पहिलो स्थानमा छन भने २८५ मत सहित बिष्ट प्यानलबाट बुद्धि प्रकाश हमाल दोस्रो स्थानमा छन । सहसचिवमै बिष्ट प्यानलका खिमबहादुर रावत २७२ मत सहित तेस्रो स्थानमा छन भने २६६ मत सहित पुरी प्यानलका पदम बुढाथोकी चौथो स्थानमा छन ।
सोमबार भएको निर्वाचनमा कुल १२ सय ८० मतदाता मध्ये १२ सय २७ मत खसेको थियो । गएराती ११ बजेबाट मतगणना सुरु भएको थियो भने मत गणना कार्य जारी रहेको छन ।
६०० मत गणना गर्दाको मत परिणाम यस प्रकार छ ।
नेपाली काँग्रेसको १४ औ अधिवेशन,सल्यान
जिल्ला निर्वाचन:-
सभापति_पदमा
केश बहादुर बिष्ट :-२९७
ध्रुब राज पुरी :-२९२
उप-सभापति
गोपाल बुढाथोकी:-२६२
चक्र बहादुर देवकोटा:-२७८
दिल्ली बहादुर बुढाथोकी:-२६५
सन्तोष के.सी:- २९८
सचिब
प्रकाश भण्डारी:-३४७
लोक राज आचार्य:-२४०
एक राज बुढाथोकी:-२६४
दिल्ली प्रसाद जैसी:-२७५
सह-सचिब
खिम बहादुर रावत:-२७२
जनक राज गौतम:-३११
पदम बहादुर बुढाथोकी:-२६६
बुद्धि प्रकाश हमाल:-२८५







प्रतिकृया दिनुहोस्