September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
देवस्थल र कुमाख पछि राप्रपा द्वारा झिम्पे र लुहाम स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्ट्रेटर प्रदान

देवस्थल र कुमाख पछि राप्रपा द्वारा झिम्पे र लुहाम स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्ट्रेटर प्रदान

मंसिर ५, सल्यान । सल्यानका १० स्थानिय तहका स्वास्थ्य संस्थाहरुमा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आईतबार जिल्लको छत्रेश्वरी गाउँपालिका अन्तरगतका दोहली हेल्थ पोष्ट झिम्पे र लुहाम हेल्थ्पोष्ट त्रीबेणीमा एक एक वटा कन्सर्ट्रेटर मसिन हस्तान्तरण गरेको छ ।

दोहली झिम्पे र लुहाम त्रीबेणीमा राष्ट्रिय प्रजातन्त्र पार्टी कर्णाली प्रदेश उपाध्यक्ष शिला बुढाथोकी र गणेश भण्डारीले बेग्लाबेग्लै कार्यक्रमका बिच मेसिन हस्तान्तरण गरेका हुन ।

मेसिन हस्तान्तरण कार्यक्रमा बोल्दै पार्टीका सल्यान जिल्ला अध्यक्ष तथा पूर्व सांसद नेत्र लाल श्रेष्ठले बिगतमा कोरोनाको भयाबह अबस्थामा अक्सिजन नपाएर धेरैको ज्यान गएको र यो मसिन जडान भए पछि अब यी क्षेत्रका जनताहरुले त्यस्तो अप्रिय दिनहरु भोग्न नपर्ने विस्वास व्यक्त गरे ।

लुहाममा गणेश भण्डारी र झिम्पेमा धनश्याम बिकको अध्यक्षता सम्पन्न कार्यक्रमहरुमा उपाध्यक्ष द्वय प्रदिप थापा र चन्द्रकला बिक, प्रशिक्षण बिभाग प्रमुख नरेन्द्र महर्जन, युबा मोर्चाका जिल्ला अध्यक्ष अन्जित श्रेष्ठ, जिल्ला सदस्य तथा उध्योग बाणिज्य सङ्घका सदस्य झक्कु प्रसाद रावत र ध्रुब राज बुढाथोकी समेतको उपस्थिति थियो ।

राप्रपाले मंसिर १ गते जिल्लाको देवस्थल स्वास्थ्य चौकी र कुमाखको स्वास्थ्य चौकीमा मेसिन हस्तान्तरण गरेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज