दार्माको रातामाटा स्वास्थ्यचौकीमा अक्सिजन कन्सन्ट्रेटर प्रदान गर्न राप्रपालाई वडाध्यक्षको प्रतिबन्ध
मंसिर ०२, सल्यान । सल्यानको दार्मा गाउँपालिका वडा नं ०४, का वडाध्यक्ष चन्द्र बहादुर रावत ‘प्रकाश’ले राप्रपा सल्यानले स्वास्थ्य चौकी रातामाटालाई दिएको अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गर्न रोक लगाएका छन ।
स्थानीय सरकारको अनुमति बिनानै सामाग्री हस्तान्तरण गर्न लागेको भन्दै उनले अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गर्न रोक लगाएको राप्रपा सल्यानका अध्यक्ष नेत्रलाल श्रेष्ठले बताउनुभयो ।

जिल्लाका सबै स्थानीय तहका एक/ एक वटा स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गर्ने कार्यक्रम अन्तरगत राप्रपाले बिहिवार स्वास्थ्य चौकी रातामाटालाई मेसिन हस्तान्तरण कार्यक्रम राखेको थियो ।
तर वडाध्यक्षले अवरोध गरेपछी उक्त मेसिन हस्तान्तरण नगरेर फर्किएको अध्यक्ष श्रेष्ठको भनाइ छ । मेसिन हस्तान्तरण गर्न राप्रपा केन्द्रिय निर्देशन समिती सदस्य अनुबमसिंह श्रेष्ठ, जिल्ला अध्यक्ष नेत्रलाल श्रेष्ठ लगाएत जिल्ला र स्थानीय स्तरका नेताहरू पुगेका थिए ।
यस बिसयमा प्रतिकृया लिन पटकपटक फोन सम्पर्क गर्दापनी वडाध्यक्ष रावतको फोन रिसिभ हुन सकेन । राप्रपाले बुधबार बनगाडको देवस्थल स्वास्थ्य चौकीलाई पनि मेसिन हस्तान्तरण गरेको थियो ।







प्रतिकृया दिनुहोस्