April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
प्रचण्डको प्रमुख स्वकिय सचिबमा सल्यानका रमेश मल्ल नियुक्त

प्रचण्डको प्रमुख स्वकिय सचिबमा सल्यानका रमेश मल्ल नियुक्त

कार्तिक २६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको प्रमुख स्वकिय सचिबमा सल्यानका रमेश मल्ल नियुक्त भएका छन । लामो समयदेखि प्रचण्डको प्रमुख स्वकीय सचिव रहेका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सहइन्चार्ज बनाएर उनको ठाउँमा रमेश मल्ललाई नियुक्त गरिएको हो ।

माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य तथा अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष मल्ल यसअघि प्रचण्ड प्रधानमन्त्री भएको बेला पनि स्वकीय सचिव थिए । युवा नेता मल्ललाई सचिवालयमा ल्याएर प्रचण्डको सचिवालयलाई गतिशील बनाउन खोजिएका नेताहरुले बताएका छन् ।

प्रचण्डको स्वकीय सचिव गंगा दाहाल यथावत रहनेछिन् भने प्रेस संयोजक रहेका विष्णु सापकोटालाई प्रेस संगठनको काममा लगाइने भएको छ । सापकोटा प्रेस संगठनका महासचिव हुन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज