May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
सल्यानमा एकिकृत समाजवादीमा सनाखत गरेका २ वडा सदस्य एमालेमै फर्किए

सल्यानमा एकिकृत समाजवादीमा सनाखत गरेका २ वडा सदस्य एमालेमै फर्किए

दुर्गा विसी / असोज १४, सल्यान । नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. १२ का २ जनप्रतिनिधि पुनः एमालेमै फर्किएका छन् ।

वडा नं. १२ का दुई सदस्य जोत वहादुर वुढा र जोखे कामिले बिहिबार एक विज्ञप्ति जारि गर्दै अथावत पुरानै पार्टीमा रहेको जनाएका छन् । भ्रम सिर्जना गरि जवरजस्ति हस्ताक्षर गर्न लगाएको रआफुहरुलाइ झुक्याएर हस्ताक्षर कार्यक्रम सहभागी भएको उनिहरुको विज्ञप्तिमा उल्लेख छ ।

साथै नगर कमिटी अध्यक्ष गञ्जमान वुढा र सचिव विनायक केसीले पनि नेकपा एकीकृत समाजवादी पार्टीका अगुवा नेता तथा कार्यकर्ताले भ्रम सिर्जना गर्दै गुम्राहामा पारेर वडा सदस्यहरुलाइ फसाएको उल्लेख गरेका छन ।

विहिबार सल्लिवजारमा नेकपा एमाले जिल्ला अध्यक्ष गोविन्द कुमार पुन सहितको टोलिले उनिहरु पुनः पार्टी फर्कीएकोमा स्वागत गरेका थिए । नेकपा एमाले नगर कमिटी सचिव र अध्यक्षले दुई सदस्य एमाले पार्टीमा फर्किएको विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

साथै नेकपा माओवादी वडा न. १२ का कार्यपालिका सदस्य असोक विक समेत उक्त कार्यक्रम सहभागी भएका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज