October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार
कांग्रेस अधिवेशन : सल्यान बनगाडमा बिष्ट समुहका पुरुषोत्तम आचार्यको पुरै प्यानल विजय

कांग्रेस अधिवेशन : सल्यान बनगाडमा बिष्ट समुहका पुरुषोत्तम आचार्यको पुरै प्यानल विजय

दुर्गा विसी/ असोज ०९, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यातालिका अन्तरगत सल्यान बनगाड कुपिण्डे नगरपालिको सभापतिमा पुरुषोत्तम आचार्य विजयी भएका छन । आज ) शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्धन्दी दिपेन्द्र विष्टलाई र अर्का प्रतिस्पर्धी दुर्गा खड्कालाई पराजित गर्दै आचार्य विजय भएका हुन ।

कुल खसेको १४३ मत मध्ये आचार्यले ७२ मत ल्याएका थिए भने उनका निकटतम प्रतिद्धन्द्धी दिपेन्द्र विष्टले ६५ र दुर्गा खड्काले ६ मत ल्याएका थिए । आचार्य सँगै कांग्रेस बनगाडको पदाधिकारीमा उनले नेतृत्व गरेको पुरै प्यानल विजयी भएको छ ।


उनको प्यानल बाट उपसभापतिमा डिल वहादुर राना (७७) र राकेश पुन (८१), सचिवमा मानवहादुर विष्ट (७४), र रामवहादुर वस्नेत (८१) सहसचिवमा ढालवहादुर खत्री (६८) र योगेस कुमार पुन (८१)मत विजयी भएका छन ।

आचार्य जिल्लमा सभापतीका उम्मेद्वार केशबहादुर विष्टको समुहका नेता हुन भने दिपेन्द्र बिष्ट सभापतिका अर्काे उम्मेद्वार धुर्वराज पुरीको समुह बाट लडेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज