कांग्रेस अधिवेशन : सल्यानका २ पालिकामा निर्विरोध, ८ पालिकामा चुनाव, कहाँ को को भिड्दैछन ?
असोज ०९, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यातालिका अन्तरगत शनिबार सल्यानका १० स्थानिय तहमा अधिवेशन जारी छ । अधिवेशन अन्तरगत सल्यानका दश स्थानीय तह मध्ये दुई स्थानीय तह त्रिवेणी र सिद्ध कुमाख गाउँपालिकामा र्निविरोध रुपमा सभापनि लगायतको पदाधिकारी चयन भएको छन । त्रिवेणी गाउँपालिकाको पार्टी सभापतिमा गंगाराम पुन र सिद्ध कुमाख गाउँपालिकामा विर बहादुर बुढा र्निविरोध निर्वाचित भएको कांग्रेस सल्यानका सचिव प्रकाश भण्डारीले बताए ।

जिल्लाका बाँकी आठ पालिकामा भने नेतृत्व चयनको लागी निर्वाचन जारी रहेको नेपाली कांग्रेस सल्यानले जनाएको छ । जिल्लामा नेता केश बहादुर विष्ट र धुर्व पुरीको प्यानल विच कडा प्रतिस्पर्धा भैरहेको छ ।
कहाँ को को भिड्दैछन ?
अधिवेशन अन्तरगत जिल्लाको शारदा नगरपालिकामा हिमेन्द्रबाबु सेजवाल र दीपक कुमार हमाल, बागचौर नगरपालिकामा भीम बहादुर भण्डारी र दिपेन्द्र डिसी, बनगाड कुपिण्डे नगरपालिकामा दिपेन्द्र विष्ट, पुरुषोत्तम आचार्य र दुर्गा खड्का विच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दार्मा गाउँपालिकामा कृष्ण बहादुर वली र विशाल सिहं ठकुरी, कपुरकोट गाउँपालिकामा एकराज वली र विष्णु शर्मा, कालिमाटी गाउँपालिकामा पूर्ण बहादुर खत्री र टोप बहादुर खत्री, छत्रेश्वरी गाउँपालिकामा टेक बहादुर विष्ट र सिता केसी र कुमाख गाउँपालिकामा इश्वरी शाही र इन्द्र प्रकाश शर्मा बिच कडा प्रतिस्पर्धा देखिएको छ ।







प्रतिकृया दिनुहोस्