September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
कांग्रेस अधिवेशनको तालिका पुनः हेरफेर

कांग्रेस अधिवेशनको तालिका पुनः हेरफेर

असोज ०६, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह र क्षेत्रीय अधिवेशनहरुको कार्यतालिकामा हेरफेर गरेको छ । बुधबार सिंहदरवारमा बसेको पदाधिकारी बैठकले दसैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति जुटाएको बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचत गर्ने तालिका थियो । अब ९ गतेसम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको पौडेलले बताए ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दसैँपछि हुनेछन् । असोज ९ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने र ९ गते नै तोकिएका ठाउँमा गाउँ तथा नगर अधिवेशन गर्न सकिने कांग्रेसको निर्णय छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज