September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
ओली पक्षले युथ फोर्स र माधव पक्षले अखिल फोर्स व्यूँताएपछि योगेशले गरे कडा टिप्पनी

ओली पक्षले युथ फोर्स र माधव पक्षले अखिल फोर्स व्यूँताएपछि योगेशले गरे कडा टिप्पनी

साउन ०९, काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले अनेरास्ववियू र युवासंघलाई ओझेलमा राखेर समूहगत रुपमा युथ फोर्स र अखिल फोर्स गठन गरिएकोप्रति कडा आपत्ति जनाएका छन्।

हालै एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले युथ फोर्स र अखिल फोर्स ब्यूँत्याएकोप्रति नेता भट्टराईले गम्भीर आपत्ति प्रकट गरेका हुन्।

पार्टीमा रहेको अनेरास्ववियू र युवासंघलाई ओझेलमा राखेर समूहमार्फत अन्य संगठन तयार गरिएको भन्दै नेता भट्टराईले त्यसको औचित्यमाथि पनि प्रश्न गरेका छन्।

‘ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन र क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौँ युवाहरुलाई राजनीतिक र वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्‍याएका अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स र अखिल फोर्सको औचित्य के छ’, भट्टराईले सोधेका छन्।

उनले समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्न पनि माग गरेका छन्।

‘समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ। अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ’, भट्टराईले भनेका छन्।

एमालेभित्र हालै अध्यक्ष ओली पक्षले युथ फोर्स ब्यूँत्याएपछि नेपाल समूहले अखिल फोर्स तयार गरेको हो। नेपाल निकट युवा संघले पिपुल्स भोलिन्टियर ‘पीभी’ पनि ब्यूँत्याउने तयारी गरेको छ।

‘के काम हुन्छन् जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिलफोर्सले मात्र गर्न सक्ने’, नेता भट्टराईले सोधेका छन्।

पार्टीभित्रका गुटहरुमा वैचारिक चरित्र सकिँदै जाँदा एक आर्काकाविरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो भन्ने प्रश्न गर्दै भट्टराईले अगाडि भनेका छन्, ‘यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आफैले खनिरहेको स्वीकार गर्नु पर्दछ।’

उनले शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने जस्ता विशेषतासहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि बाहुबली संगठन निर्माण गर्नु सुहाउने काम नभएको बताउँदै यस्ता गतिविधिमाथि तत्काल रोक लगाउन नेतृत्वसँग आग्रह गरेका छन्।

यस्तो छ – उनको वक्तव्य

ऐतिहासिक र गौरबशाली ईतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलनर क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौ युवाहरुलाई राजनीतिकर बैचारिक शिक्षा मार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्याएका अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा रखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ रु समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्द्त यस्ता बाहुबली समुहहरु तत्काल खारेज गर्नु पर्दछ ।

अनेरास्वबियू र युवासंघ जस्ता संगठनलाई सहि नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्वबियूले गर्न नसक्ने तर युथफोर्स र अखिलफोर्सले मात्र गर्नसक्ने रु पञ्चायत अखिलले नै फाल्यो । २०४८ पछिको कांग्रेसको राज्य आतंकसँग अखिल नै लड्यो । माओवादीको १० बर्षे हिंसाको प्रतिबाद यिनै अखिल र युवासंघले गरे । पार्टीभित्रका गुटहरुमा बैचारिक चरित्र सकिंदै जाँदा एक आर्काका बिरुद्ध बाहुबली जत्था प्रयोग गर्न खोजेको हो रु यदि हो भने हामी आफ्नो र कम्युनिस्ट आन्दोलनको चिहान आँफैले खनिरहेको स्वीकार गर्नु पर्दछ ।

शान्तिपूर्ण र बैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानुनी राज्यलाई स्वीकार गर्ने, फरकमतलाई फक्रनदिने जस्ता बिशेषता सहितको बहुदलीय जनबादको सिद्धान्तलाई अनुशरण गरेको नेकपा एमालेका लागि यो सुहाउने काम होईन । तसर्थस् यस्ता गतिबिधिमाथि तत्काल रोक लगाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समक्ष हार्दिक अनुरोध गर्दछु ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज