March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
‘एमाले एकताको मुल जड’ भन्दै ओली, नेपाल र खनाल बारे योगेशले गरे यस्तो टिप्पणी

‘एमाले एकताको मुल जड’ भन्दै ओली, नेपाल र खनाल बारे योगेशले गरे यस्तो टिप्पणी

जेठ २६, सल्यान । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले पार्टीका दुबै समुहका नेताहरू बारे टिप्पणी गरेका छन।


बुधबार बिहान सामाजिक संजाल मार्फत टिप्पणी गर्दै उनले एमाले एकताको मुल जड पार्टीका नेताहरू नै भएको बताएका छन ।

अध्यक्ष केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने अनि जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने प्रवृत्तिले नै एमाले एकता संकटमा परेको आसय व्यक्त गरेका छन ।

एमाले एकता बचाउन नेताहरू बीच यी बिषयमा गम्भीर छलफल हुनुपर्ने बताउदै उनले त्यस्तो कस्ले, किन र के का लागि यो सब गरिरहेको छैन भन्दै प्रश्न गरेका छन ।

उनले लेखेका छन –

“एमालेको एकताको मुल जड ?
कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कस्ले, किन र के कालागि गर्दैछ यो सब ?
एमाले एकताको समस्याको मुल जड यहिं छ ।
यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।”

त्यस्तै एमालेको आन्तरिक बिबाद चरम रहेको बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदान गर्ने एमालेका ७ जना प्रदेश सभा सदस्यलाई संसदीय दलले स्पष्टीकरण सोधेको छ ।

प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई दलका नेता प्रकाश शाहले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

उनले मंगलबार एमाले संसदीय दलको ह्विप ह्विप उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेका छन् । २६ गते ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिन निर्देशन जारी गरिएको छ । निर्धारित समय भित्र स्पष्टीकरण नबुझाइए वा स्पष्टीकरण चित्त बुझ्दो नभए संसदीय दलको विधान अनुसार कारबाही गर्ने समेत चेतावनी दिइएको छ ।

स्पष्टीकरण सोधिएका ७ जना नै ओली पक्षका हुन् । १० जेठमा एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने १२ जेठमा संसदीय दलमा सरकारलाई समर्थन जारी राख्ने निर्णय भएको थियो ।

आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने बताएपछि मंगलबार बिहान एमाले संसदीय दलको बैठकले उनलाई विश्वासको मत दिने निर्णय गरेको थियो । ओली पक्षका ७ सांसद भने उक्त निर्णय अस्वीकार गर्दे हस्ताक्षर समेत नगरी बाहिरिएका थिए ।