May 24, 2025, Saturday
२०८२ जेष्ठ ११, शनिबार
एमाले अध्यक्ष ओलीको एकता आह्वान लगत्तै आयो नेता योगेश भट्टराईको प्रतिक्रिया

एमाले अध्यक्ष ओलीको एकता आह्वान लगत्तै आयो नेता योगेश भट्टराईको प्रतिक्रिया

जेठ २३, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

माधव नेपाल पक्षमा रहेका नेता भट्टराईले कार्यदलको वार्तालाई अध्यक्ष ओलीको वक्तव्यले निरन्तरता दिन बाटो खोलेको भन्दै शर्ष नेतृत्वमा हुने सार्थक संवादले निष्कर्षमा पुग्न सघाउने बताएका छन् ।

भट्टराईले भनेका छन्- “नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेकपा एमालेको एकताका लागि आज सार्वजनिक बक्तब्य मार्फत गर्नु भएको आह्वन मुलत सकारात्मक छ । कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुन निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नु पर्ने र मिलाउनु पर्ने थप बिषयहरुलाई समाधान गर्ने छ । सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ । सारमा अध्यक्षको बक्तब्यले पार्टीको शिर्स नेत्रित्वका बिचमा सार्थक संबाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने अपेक्षा गर्दछु । हजार माईलको यात्रा पहिलो पाईलाबाट नै शुरु हुन्छ ।”

नेकपा एमाले बिभाजनको संघारमा पुगेको बेला पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको लागि सार्वजनिक अपिल गरेका छन ।

आइतबार साँझ सार्वजनिक गरिएको अपिलमा पार्टी एकताको लागि पार्टीका सबै कमिटी २०७५ जेठ ३ अघिको अवस्था पुर्याउने उनले बताएका छ्न । साथै बिगतका कुनैपनी गल्ती र कमजोरीको आधारमा कसैलाई पनि कारबाही नगर्ने उनको प्रस्ताव छ ।

आफुले एकताको महत्व गहिरो गरि बुझेको उनले माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस भनेर दिएको रिटमा एमालेका सांसदहरूले गरेको समर्थन फिर्ता लिनुपर्ने बताएका छन ।

पढ्नुहोस पूर्णपाठ :

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज