September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
काँग्रेस स्थानीय तहको अधिवेशनको कार्यतालिका पर सारिने

काँग्रेस स्थानीय तहको अधिवेशनको कार्यतालिका पर सारिने

साउन ०८, काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्दै छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो । शुक्रबारको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवादको निकास निकाल्ने र तल्लो तहका पार्टी कमिटीको अधिवेशनको मिति सार्ने स्वकीय सचिव देउवाको भनाई छ।

सहमहामन्त्री डा। प्रकाशशरण महतका अनुसार क्रियाशील सदस्यता विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गरिने भएको हो ।

महतले पार्टीको केन्द्रीय महाधिवेशनको मूल कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति केही पर सारिने बताए ।

काँग्रेसले साउन १२ गतेबाट गाउँपालिका र नगरपालिकाको वडास्तरको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । यसका साथै नगरपालिका र गाउँपालिकाको अधिवेशन साउन १६ गते गर्ने निर्णय यसअघि गरिएको थियो ।

पार्टीका सहमहामन्त्री महतले क्रियाशील सदस्यताको विवरण गाउँ तहसम्म पु(याउनुपर्ने, पार्टीको अधिवेशनका लागि प्रतिनिधि खटाउनुपर्ने लगायतका कारण पनि पूर्वनिर्धारित कार्यतालिकामा अधिवेशन गर्न सम्भव नदेखिएको बताए । तर केन्द्रीय अधिवेशनको कार्यतालिका भने हेरफेर नगर्ने उनको भनाइ छ ।

पूर्वनिर्धारित समयमा अधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यताका कारण केन्द्रीय महाधिवेशन भने नसर्ने उनले स्पष्ट गरे । पार्टीको केन्द्रीय महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने काँग्रेसको तयारी छ ।

यद्यपि काँग्रेसमा कोरोनाको जोखिमका कारण देखाएर केही समय महाधिवेशन पर सार्न सकिने विकल्पको खोजी पनि भइरहेको नै छ । नेताहरुले सार्वजनिक रुपमा बोल्दा निर्धारित समयमै अधिवेशन सम्पन्न गर्ने नै तयारी रहेको बताइएको छन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज