February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
सल्यानमा १९ बर्षदेखि काँग्रेसको क्रियाशिल सदस्य रहेका खड्का एमालेमा प्रवेश

सल्यानमा १९ बर्षदेखि काँग्रेसको क्रियाशिल सदस्य रहेका खड्का एमालेमा प्रवेश

वैसाख १६, सल्यान । १९ बर्ष देखी नेपाली काँग्रेसको क्रियाशिल सदस्य रहेका सल्यान त्रिवेणी गाउँपालिका वडा नं. १ का डिल्लीराज खड्का नेकपा (एमाले)मा प्रवेश गरेका छन । उनि सँगै १ बर्ष देखी क्रियाशिल सदस्य रहेका मोहन खत्रीले पनि काँग्रेस परित्याग गरेर नेकपा (एमाले)मा प्रवेश गरेका छन ।

 

शुक्रबार नेकपा (एमाले) सल्यानको पार्टी कार्यालयमा आएर उनिहरुले पार्टी प्रवेश गरेका हुन । नेपाली कांग्रेस सल्यान चरम गुटबन्दीमा फसेकोले पार्टी परित्याग गरेको उनिहरुले बताए । उनिहरुलाई नेकपा (एमाले) पोलिटब्यूरो सदस्य तथा सल्यान जिल्ला ईञ्चार्ज गुलाबजंग शाहले पार्टीमा स्वागत गरेका थिए ।

नव प्रवेशीलाई स्वागत गदै नेता शाहले त्रिवेणीमा नेकपा (एमाले) झनै बलियो हुने बताएका थिए । पार्टीका नवप्रवेशीलाई पछी आएको व्यवहार नगरिने भन्दै उनले पार्टीका लाग्न शाहले निर्देश गरका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज