May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
एमाले बचाउन ओलीले प्रस्ताव गरे अन्तिम उपाए, होला त एकता ?

एमाले बचाउन ओलीले प्रस्ताव गरे अन्तिम उपाए, होला त एकता ?

साउन ०७, काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीबाट बाहिरिएका केपी शर्मा ओ लीले एमाले पार्टी एकता जोगाउन वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएका छन ।

वरिष्ठ नेता माधवकुमार नेपालले शेरबहादुर देउवालाई विश्वासको मत दिएर ‘गिनिज बुक’मा लेखिने गरी ‘गद्दारी’ गरेको भएपनि पार्टी बचाउन उनलाई दोस्रो अध्यक्ष दिन तयार भएको उनले बताएका हुन ।

उनले महाधिवेशनसम्म आफूले अध्यक्ष पद छोड्न नमिल्ने, बरु नेकपामा प्रचण्डले पाएको हैसियत एमालेमा नेपाललाई दिएर भए पनि एमाले बचाउने बताएका हुन ।

बुधबार आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले पार्टी बचाउन पहल गर्न आग्रह गरेको पृष्ठभूमिमा ओलीले आफू पनि पार्टी बचाउन लागि परेको बताउँदै आफूसँग नेपाल मिल्न आए पार्टीको दोस्रो अध्यक्ष सुम्पिन तयार रहेको धारणा राखेका छन्।

‘मसँग अझै आग्रह छैन। म एकताका लागि मोही अझै मथ्दै छु। सकभर उता लागेका सबैलाई आफ्नो राजनीतिक जीवन बचाउन, आन्दोलन बचाउन अनुरोध गर्दछु। एकताका लागि म माधवजीलाई दोस्रो अध्यक्ष सुम्पिन पनि तयार छु। महाधिवेशन भन्दा अघि म अध्यक्षबाट हट्न मिल्दैन’, ओलीलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

योसँगै आज  तीन बजेसम्म एकताका लागि भरपुर प्रयास गर्ने, नेपाललाई भेटेरै दोस्रो अध्यक्षको प्रस्ताव गर्ने, उनले त्यो अस्वीकार गरेमा पार्टी बैठकले उचित निर्णय लिने चेतावनी पनि ओलीले दिएका छन्।

ती केन्द्रीय सदस्यका अनुसार सम्भवत: आज तीन बजे अगावै ओली र नेपालबीच निर्णायक वार्ता हुनेछ । त्यसका लागि कार्यदलका पूर्वसदस्यहरु पनि जुटिरहेका छन्। ‘अन्तिम क्षणमा म साथीहरुलाई भन्छु, पार्टी एकतामा आउनुहोस्। नत्र पुस्पलाल स्मृति दिवसको कार्यक्रम सकिएपछि तीन बजे फेरि बैठक बस्छ। उचित निर्णय गर्छ,‘ ओलीको भनाई उद्धृत गर्दै ती सदस्यले भने।

तर अध्यक्ष बन्न ओलीले प्रस्ताव गरेको अवस्थाामा नेपालले त्यसलाई सहजै स्वीकार गर्ने अवस्था नदेखिएको नेताहरु बताउँछन्। नेपालसँग ओलीको आक्रोश यति चुलिएको छ कि त्यसलाई मेटाउन ओलीले निकै ठूलो कसरत गर्नुपर्ने नेताहरुको भनाइ छ।

नेपाल खेमाका केही सांसदहरुले ओलीले अध्यक्ष पदबाटै राजीनामा दिएको खण्डमा एकता सम्भव भएको धारणाहरु पनि बाहिर ल्याएका छन्।

तर त्यो सामूहिक धारणा नभएको नेता युवराज ज्ञवालीले बताए। नेपाल पक्षको बुधबारको बैठकमा पनि अन्तिम समयसम्म एकताका लागि पहल गर्नेमा सबैको मत थियो।

ज्ञवालीले भने, ‘पार्टीमा अनेक तिक्तता छन्। विचारहरु फरक छन्। परिस्थिति बदलिएको छ तर हामी पार्टी जोगाउनु पर्छ भन्नेमा एक छौँ। हाम्रो पक्षमा पनि त्यही मान्यताले ठाउँ पाएको छ।’

बालुवाटारबाट बाहिरिएपछि ओलीले नेपाललाई ‘लाल गद्दार’को आरोप लगाएका थिए।पछि ओली पक्षीय स्थायी कमिटी बैठकले नेपाल खेमालाई देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको थियो।

ओली पक्षका कार्यदलका पूर्वसदस्यहरुलेसमेत नेपाललाई देउवालाई विश्वासको मत नदिन आग्रह गरेका थिए।

तर नेपाल आफ्नो अडानमा चट्टान झैँ उभिए। मत दिएर छोडे। यस्तो परिस्थितिमा ओली र नेपालको एकता असम्भव भन्ने विश्लेषण भइरहेका बेला ओलीले एमाले बचाउन नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव गर्ने तयारी गरेका हुन्।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज