May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
यी हुन्, एमाले केन्द्रिय कमिटी गरेका २ निर्णय

यी हुन्, एमाले केन्द्रिय कमिटी गरेका २ निर्णय

साउन ०४, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकले भोली पुनः बस्नेगरी समापन भएको छ । बैठकले विघटित कार्यदलले पेस गरेको पार्टी एकताको १० बुँदे सहमति अनुमोदन गरेको छ ।

सोमबार बसेको बैठकले १० बुँदे सहमति कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णयसमेत गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफूले १० बुँदे स्वीकार गरेर कार्यन्वयनमा लगे पनि ामधव नेपालले नमानेको बताए । बैठकमा आउन आग्रह गर्न गएका कार्यदलका सदस्यहरुसँग नेपालले आफू अल्पमतमा रहेको बैठकमा नआउने जवाफ दिएर पठाएको ओलीले बताए ।


ओलीले भने–कोटेश्वर घर पुगेका कार्यदललाइ अल्पमतको बैठकमा जान्न भन्ने जबाफ आयो। भिम रावलहरुले देउबालाई बिस्वासको मत नहाँलौ पार्टी एकताबद्ध बनाउँ भन्दा म बिधि निर्णय मान्दिन एक्लै भएनि भोट हाल्छु भनेर हप्काएर पठाए ।

ओलीले माधव नेपालले कम्युनिस्ट आन्दोलनमा गद्दारी गरेको भन्दै क्षमा हुन नसक्ने बताए ।

अर्को बैठक मंगलबार अपरान्ह ३ बजे बस्ने भएको छ ।

स्पष्टीकरण सोधिने २२ सांसद यसप्रकार छन् :

माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, विरोध खतिवडा, भवानी खापुङ, जीवनराम श्रेष्ठ,दकल्याणी खड्का, मेटमणि चौधरी, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, लक्ष्मी चौधरी, निरादेवी जैरू, कलिला खातुन, सविना हुसेन, कृष्णलाल महर्जन, रामकुमारी झाँक्री, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव र पुष्पाकुमारी कर्ण ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज