September 24, 2023, Sunday
२०८० आश्विन ८, सोमबार
प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि खनालले दिल्ली बाट गरे यस्तो अपिल (पूर्णपाठ)

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि खनालले दिल्ली बाट गरे यस्तो अपिल (पूर्णपाठ)

साउन ०३, काठमाडौँ । भारतको नयाँदिल्लीमा उपचार गराइरहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन सांसदहरुलाई अपील गरेका छन्।

दिल्लीबाटै एक विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका खनालले एमाले सांसदलाई कुनै अलमल र आक्रोशको प्रभावमा नपरी देउवा सरकारलाई विश्वासको मत दिन आग्रह गरेका हुन्।

आइतबार ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूचि छ ।

देउवालाई माधव समूहका केही सांसदले विश्वासको मत नदिए संसद विघटन हुने निश्चित छ। तर एमाले वरिष्ठ नेता खनालले विश्वासको मत दिएर संसद जोगाउन एमाले सांसदहरुलाई अपील गरेका हुन्। एमाले एकताको लागि १० बुदे सहमति भएको बेला उपचारमा रहेका खनालले गरेको अपिलले एमालेमा झन् ठुलो तरंग गयको छ ।

हेर्नुहोस पूर्णपाठ :

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज