June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
देउवाले आजै विस्वासको मत लिने भएपछी माधव पक्षीय नेता भिम आचार्य आक्रोशित, दिए यस्तो प्रतिक्रिया

देउवाले आजै विस्वासको मत लिने भएपछी माधव पक्षीय नेता भिम आचार्य आक्रोशित, दिए यस्तो प्रतिक्रिया

साउन ०३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विस्वासको मत लिने भएपछी माधव पक्षीय नेता भिम आचार्य आक्रोशित भएका छन । उनले आजै विस्वासको मत किन लिनुपर्यो भन्दै प्रश्न समेत गरे ।

नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताएका छन् ।

माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताए ।

आचार्यले भने, ‘एमालेलाई विभजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम हुँदैछ । दश बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन ।

सचिव आचार्यले देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समूहमा कुनै छलफल नभएको र पार्टीले पनि निर्णय नगरेको भन्दै केही व्यक्तिले मनलागी गरिहेको बताए । उनले भने, ‘विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल भएको छैन,पार्टीले निर्णय गरेको छैन । मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन ।’

आज कार्यदलका दुवै पक्षका नेताले नेपाललाई भेटेका थिए । १० बुँदे सहमतिका आधारमा पार्टी एकता कायम गर्ने प्रस्ताव नेपालले अश्वीकार गरेको भेटपछि अर्का एक नेताले बताए ।