April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
माधव समुहमा दुइधार

माधव समुहमा दुइधार

वैशाख २७, काठमाण्डौ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध लागेको वरिष्ठ नेता झलनाथ खनाल र माधब कुमार नेपाल समुहमा विभाजन आएको छ । राजीनामा दिने कि नदिने भन्ने बारेमा उनीहरु बीच बिभाजन आएको हो ।

नेता नेपाल सहितका नेताहरु सामुहिक राजीनामाको पक्षमा भएपनि सिंहदरबारमा बसेको सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो ।

केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएका थिए । कुरा नमिले पछि बैठकमा उपस्थित भएका सांसद समिना हुसेन र पार्वती विसुंखे राजीनामा नदिने भन्दै बाहिरिएका थिए ।

घनश्याम भुसाल,योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता राजीनामाको विपक्षमा उभिएका थिए भने माधव नेपाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेता कुनै पनि हालतमा केपी ओलीसँग रहन नसकिने भन्दै राजीनामा दिएर नयाँ पार्टी गठनको प्रक्रियामा जानुपर्ने पक्षमा उभिए । तर, घनश्याम, योगेश, गोकर्णलगायतका नेता विपक्षमा उभिएपछि केही नेताबीच बाझाबाझ भएको स्रोतले जनाएको छ ।

नेपाल पक्षका सांसदहरूको बैठकमा पनि घनश्याम योगेश पक्षले राजीनामा दिन नहुने बताएको थिए । केही सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिएपछि संसद बैठकमा अनुपस्थित हुने भनेर नेताहरु उठेका थिए । त्यस लगत्तै माधव नेपाल पक्षकै घनश्याम योगेश लगायतका नेताहरु अलग्गै बैठक बसेको बताइएको छ । विश्वासको मत लिने बैठकमा पार्टीको ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु कानुनी कारवाहीको विषय भएकाले बैठकमा गएर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने उनीहरुको बुझाइ छ ।

आइतबार रातिदेखिनै ठाकुर गैरे लगायतका नेताहरुले घनश्याम र योगशहरूलाई राजीनामा नगर्न दबाब दिएका थिए । सुरेन्द्र पाण्डे पनि राजीनामाको विपक्षमा रहेको बुझिएको छ।

३ नेता छुट्टै छलफलमा :

नेकपा एमालेको विवाद उत्कर्षमा पुगेका बेला माधब समुहमा ३  नेताहरु छुट्टै  संवादमा जुटेका छन्। सिंहदरबारमा माधव समूहका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टले ओली समूहका नेता विष्णु पौडेलसँग संवाद गरिरहेका छन्।

माधव समूहले केहीबेरमा बस्ने संसद बैठकमा उनुपस्थित हुने निर्णय लिएको छ। संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने छन्। यसअघि माधव समूहका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका थिए। तर राजीनामाबारे मतभेद चुलिएपछि अन्तिम समयमा माधव समूहले संसद बैठकमा अनुपस्थित हुने निर्णय लिएको हो।

यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समस्या भए संवादमा आउन आह्वान गरेका बेला दोस्रो तहका नेताहरु संवादमा जुटेका हुन्।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज