January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
माधब नेपाल झनै दवावमा, आफ्नै जनसंगठनका नेताहरुले दिए २ मात्र विकल्प

माधब नेपाल झनै दवावमा, आफ्नै जनसंगठनका नेताहरुले दिए २ मात्र विकल्प

वैशाख २९, काठमाडौं । माधब कुमार नेपाल निर्णयम लिन झनै दवावमा परेका छन् । नेकपा एमालेको माधव नेपाल पक्षका जनसंगठनका नेताहरुले छिटो निर्णय लिन नेतृत्वलाई आग्रह गरेका छन् । एमालेकै नाममा समानान्तर गतिबिधि गर्नुभन्दा कि आत्मसमर्पण कि बिद्रोहको नीति लिन नेतृत्वलाई आग्रह गरेका छन् ।

युवा संघका अध्यक्ष नरेशबहादुर शाही र उपाध्यक्ष नितेश पौडेलको संयोजनमा भएको जुम बैठकमा सहभागी नेताहरुले शक्ति र संगठनलाई जोगाउनका लागि अलग पार्टी गठन गर्नुपर्ने बताएका हुन् । उनीहरुले एमालेमै बसेर अन्तरसंघर्ष गर्ने चरण सकिएको धारणा राखेका थिए ।

पूर्व खेलकुदमन्त्री तथा खेलकुद महासंघका अध्यक्ष पुरषोत्तम पौडेलले अब आफूहरुसँग आत्मसमपर्ण वा विद्रोहमध्ये एउटा बाटो रोज्ने बेला आइसकेको बताएका थिए । सबैजसो जनसंगठनका नेताले एमालेकै नाममा समानान्तर गतिविधि गर्नुभन्दा केपी ओलीका सम्पूर्ण दोष बिर्सेर आत्मसमर्पण गरौं भन्दै होइन भने विद्रोहको विकल्प नभएको बताएका थिए ।

प्रेस चौतारीका नेता विश्वमणी सुवेदी, राजेश राई लगायतले अलग पार्टी बनेमा आफूहरु त्यसमा तयार रहे पनि माओवादीसहितको एकताको पक्षमा भने नरहेको बताएका थिए । जुम बैठकमा माधव पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा, खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, अनेमसंघ अध्यक्ष जयन्ती राई, महासचिव शान्ति अधिकारी सहभागी थिए ।

त्यस्तै जनसास्कृतिक महासंघका कृपाराम धमला, कृष्णगोपाल तामाङ, पेशागत महासंघका विश्वनाथ प्याकुरेल, रामप्रसाद रिमाल, जिफन्टका भीमज्वाला राई, प्रेस चौतारीका विश्वमणि सुवेदी, नरेन्द्र साउद, राजेश राई, जातीय मुक्ति समाजका अनुभुती बम नेपालीसहितका सहभागी थिए ।

यस अघि प्रधानमन्त्रीले संसदमा विस्वासको मत लिनु भन्दा पहिला राजीनाम दिने भएका माधब समुहले अन्तिममा आएर राजिनामा दिएको थिएन । राजिनामा दिने कि नदिने भन्नेमा नेताहरु २ धारमा उभिएका थिए । माधब समुहमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेस भट्टराई र गोकर्ण बिष्ट लगाएत नेताहरु एमाले भित्रै केपी ओलीलाई सच्याएर बस्ने पक्षमा छन् भने माधब नेपाल, भिम रावल, अष्टलक्ष्मी शाक्य लगायत नेताहरु छुट्टै पार्टी बनाउने पक्षमा छन् ।

यधपी विस्वासको मत नदिएर पार्टीको ह्विप पनि उलंगन गर्ने तर राजीनाम पनि नदिदा माधब पक्ष बात काङ्ग्रेस सभापति देउवालाई समित ढोका हुने भएको छ । माधब समुहले राजिनामा दिने आस्वासन दिएपछि उनि नया सरकार बाउने सुरसारमा थिए ।