April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ब्रेकिङ : माधव पक्ष सांसदहरुले सामुहिक राजिनामा नदिने

ब्रेकिङ : माधव पक्ष सांसदहरुले सामुहिक राजिनामा नदिने

वैशाख २७, काठमाडौं । नेकपा एमालेको माधव पक्ष सांसदहरुले सामुहिक राजिनामा नदिने भएका छन् । तर उक्त समुहको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।

नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । ‘हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं’, रावलले भने ।

सामूहिक राजीनामा दिने निर्णयप्रति एमालेको माधव नेपाल समूहका सांसदहरू नै विभाजित भएको थिए । सिंहदरबारमा बसेको सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो ।

केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएका थिए । बैठकमा उपस्थित भएका समिना हुसेन र पार्वती विसुंखे राजीनामा नदिने भन्दै बाहिरिएका थिए ।

आजको बैठकमा २८ जना सांसद सहभागी भएको नेता झपट रावलले बताए ।

स्थायी कमिटीका नेताहरू नै विभाजित

सांसद पदबाट राजीनामा दिने विषयमा स्थायी कमिटीका नेताहरू नै विभाजित भएपछि भएका छन् । घनश्याम भुसाल,योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता राजीनामाको विपक्षमा उभिएपछि वरिष्ठ नेता नेपाल अप्ठेरोमा परेका हुन् ।

त्यसपछि नेताहरु राजिनामा नदिने तर विस्वासको मत पनि नदिने भन्दै बाहिरिएका थिए । तर विश्वासको मत लिने बैठकमा पार्टीको ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु कानुनी कारवाहीको विषय भएकाले बैठकमा गएर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने भन्दै घनश्याम भुसाल,योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरु अलग्गै बैठकमा छन् ।

आइतबार रातिदेखिनै ठाकुर गैरे लगायतका नेताहरुले घनश्याम र योगशहरूलाई राजीनामा नगर्न दबाब दिएका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज