May 19, 2024, Sunday
२०८१ जेष्ठ ६, आईतवार
एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रिय कमिटी बैठक

एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रिय कमिटी बैठक

साउन ०२, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आइतवार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

एमालेको असार १८ र १९ मा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका पक्षमा उभिन माधव नेपाल समूहलाई शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन अल्टिमेटम दिएको थियो ।

तर त्यस अवधिमा देउवालाई दिएको समर्थन फिर्ता भएन र एमालेको सरकार सर्वोच्च अदालतको परमादेशबाट विस्थापित भइसकेको छ । अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भने पनि पार्टी एकताको लागि प्रयास गर्ने भन्दै रोकिएको थियो ।

त्यसयता पार्टी एकताको लागि वातावरण नबनेको भन्दै साउन १ गते कोे स्थायी कमिटी बैठक रोक्न माधव पक्षीय दोस्रो तहका नेताहरुले आग्रह गर्दापनि हिजो नै स्थायी कमिटीको बैठक बसेको थियो ।

अबको केन्द्रीय कमिटी बैठकले दश बुँदे सम्झौतालाई अनुमोदन गर्दै देउवा सरकारलाई विश्वासको मत नदिन सबै सांसदलाई निर्देशन दिने सम्भावना छ । तर माधव नेपालले विश्वासको मत दिने बताइसकेका छन् ।

माधवले छोडेनन् गठबन्धनः

यता ओलीले केन्द्रिय कमिटी बैठक बोलाई रहदा बरिष्ठ नेता माधव नेपाल भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफलमा व्यस्त छन । शनिबार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर पुगेका छन्। केहीबेरअघि प्रचण्ड नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्।

प्रचण्ड संलग्न गठबन्धनको सरकारलाई समर्थन गर्ने या नगर्ने, विश्वासको मत दिने या नदिने भन्नेमा नेपाल पक्षले ठोस निर्णय निकाल्न नसकेका बेला प्रचण्ड नेपाल निवास पुगेका हुन्। नेपाल गठबन्धनबाट अझै छुट्टिएका छैनन्।

पछिल्लो गठबन्धनको बैठकमा उनले आफ्नोतर्फबाट प्रतिनिधिका रुपमा डा। विजय पौडेललाई पठाएका थिए। शनिबार मात्रै नेपाल र उनीसँग वारपारको लडाईंमा रहेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट दोस्रो तहका १२ जनाले सिंहदरबारमा पार्टी एकतालाई केन्द्रमा राखेर छलफल गरेका थिए।

तर नेपाल र ओलीबीचको वार्ता नभएसम्म पार्टी एकता कठिन हुने उनीहरुको निष्कर्ष थियो। ओली र नेपालबीचको वार्ताका लागि आफूहरुले सक्दो पहल गर्ने प्रतिवद्धतासहित उनीहरु छट्एिका थिए। यता ओलीले नेपाल पक्षको सहमति बिना भोलि फेरि स्थायी कमिटी बैठक बोलाएका छन्।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज