September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
एमाले स्थायी कमिटी वैठकमा ओली सम्बोधनमा व्यस्त, को को भए सहभागी ?

एमाले स्थायी कमिटी वैठकमा ओली सम्बोधनमा व्यस्त, को को भए सहभागी ?

साउन ०१, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा शुरू भएको छ । प्रधानमन्त्रीबाट केपी ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर एमाले बैठक बसेको हो ।

बैठकको शुरुआत गर्दै ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने बताए ।

ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने बताएका छन् ।

बैठकमा दश बुँदे सम्झौता, अदालतको फैसला र आगामी संघर्ष तथा को विषसंगठनयमा छलफल हुने एजेण्डा रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठकमा ओलीले भने, ‘न्याय पाउने ठाउँबाट अन्याय भयो हामी कत्ति पनि नआत्तिएर जनतामा जान्छौं । पार्टीका नीति र विचार लिएर जान्छौं । अबको प्राथमिकता संगठन र संघर्ष हो ।’ ओलीले अब आफूहरु शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेसमेत बताएका छन्।

उक्त बैठकमा नेपाल पक्षका नेताहरु सहभागी छैनन्। बैठक रोक्न माग गर्न आएका नेताहरुले ओलीसँग समय नपाएको गुनासो गरेका छन्। ओली अहिले सम्बोधन गर्न व्यस्त छन्।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज