March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
कर्णालीका सांसदको पुनर्बहाली विरुद्ध ओली पक्ष भ्याकेटमा जाने निर्णयपछि माधवले दिए यस्तो वक्तव्य

कर्णालीका सांसदको पुनर्बहाली विरुद्ध ओली पक्ष भ्याकेटमा जाने निर्णयपछि माधवले दिए यस्तो वक्तव्य

असार ०७, सल्यान । नेकपा एमालेका नेता माधवकुमार नेपालले कर्णाली प्रदेशका सांसदको पुनर्बहालीविरुद्ध अध्यक्ष केपी शर्मा ओली पक्षले भ्याकेटमा जाने निर्णय गरेबाट एकता भङ्ग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट भएको बताएका छन् ।

नेता नेपालले सोमबार सामाजिक सञ्जालमार्फत वक्तव्य दिदै उनले जिम्मेवार भएर पार्टी एकता बचाउन आफूहरू लचक भएर प्रस्तुत हुँदा समेत ओलीले त्यसलाई कमजोरीका रूपमा लिएजस्तो देखिएको जनाएका छन् । नेता नेपालले भनेका छन्, ‘कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भङ्ग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो ।’

​उनले ओली सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध लागेको आरोप पनि लगाउदै वार्ता गर्ने आफ्ना पक्षका नेताहरूलाई सावधान हुन भनेका छन् ।

‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ । असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकता विरोधी तत्त्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु’ नेपालको भनाइ छ ।

यस्तो छ, उनको स्टाटसको पूर्णपाठ :

कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।

सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ ( सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।