April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
राप्रपाको ३१ औं स्थापना दिवसमा शाहवंशीय राजसंस्था बारे अध्यक्ष राणाले दिए यस्तो वक्तव्य

राप्रपाको ३१ औं स्थापना दिवसमा शाहवंशीय राजसंस्था बारे अध्यक्ष राणाले दिए यस्तो वक्तव्य

जेठ १५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्शेर जबराले राप्रपाको ३१ औं स्थापना दिवसको अवसरमा शुभकामना दिएका छन ।

शुभकामना सन्देशमा उनले जनस्तरमा शाहवंशीय राजसंस्था र हिन्दु राष्ट्रको माग बढ्दो क्रममा रहेको बताएका छन्।

शुभकामना सन्देश जारी गर्दै अध्यक्ष राणाले राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र सनातन हिन्दु राष्ट्रको आवश्यकतामा जोड दिएका हुन्।

विधि, संविधान, लोकतन्त्रको अवमूल्यन भएको भन्दै राणाले चिन्ता प्रकट गरेका छन्।

पार्टी स्थापना दिवसको अवसरमा शनिबार जारी सन्देशमा उनले सम्पूर्ण पार्टी सदस्य एवं शुभचिन्तकहरूमा शुभकामना व्यक्त गरेका छन्।

‘विधी, संविधान, लोकतन्त्रको अवमूल्यनबीच राष्ट्रियता, प्रजातन्त्र र राष्ट्रिय एकता कायम राख्न नेपाल एकीकरण गर्ने शाहवंशीय राजसंस्था र हिन्दुराष्ट्रको माग बढ्दो छ,’ राणाले भने।