October 27, 2026, Tuesday
२०८३ कार्तिक ११, मंगलवार
प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई किन कारबाहीको माग गरे ? ( वक्तव्य सहित )

प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई किन कारबाहीको माग गरे ? ( वक्तव्य सहित )

जेठ ५, काठमाडाैं । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

ओलीले राष्ट्रिय सभामा रामबहादुर थापा बादललाई जिताउन गरेको अपिलप्रति दाहालको निजी सचिवालयले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।


आज उनको निजी सचिवालयले एक विज्ञप्ति निकालेर स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो भएको र प्रधानमन्त्रीको यो कदमले निर्वाचनमा प्रभाव पार्ने बताएको छ। साथै ओलीको यो अपिल स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा रहेको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ – जेष्ठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भइसकेको सन्दर्भमा गरिएको यसप्रकारको अपिल निर्वाचन आचार संहिता विपरित भएको स्वयम् निर्वाचन आयोगले सचेत गराइसकेको छ।

‘प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्त्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोगसमक्ष आग्रह गर्दछु।’ जारी विज्ञप्तिमा यो पनि भनिएको छ।

हेर्नुहाेस् प्रचण्डकाे निजी सचिवालयकाे वक्तव्य